काठमाडौँ, २५ भदौः देशभर सुरक्षाकर्मी कडाइका साथ परिचालन भएसँगै आज राजधानीको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
यसैबीच, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद रूपमा गतिविधि गरिरहेका व्यक्तिहरू फरार हुँदा उनीहरूले छाडेर भागेको करिब दुई लाख ३२ हजार रुपैयाँ नगद र दुई हजार ५०० अमेरिकी डलर सेनाले बरामद गरेको छ ।
सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता आउने क्रम जारी रहेको सेनाले जनाएको छ । हालसम्म जम्मा ३२ नाल हतियार बरामद भइसकेको र आजै थप एक नाल फेला परेको जानकारी दिइएको छ ।
त्यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौँ डिल्लीबजार कारागारबाट भाग्ने प्रयासलाई सुरक्षाकर्मीले समयमै रोक्न सफल भएका छन् ।

