• TOKHA LIVE

      TOKHA LIVE

    • २५ भाद्र २०८२, बुधबार १३:५८

    आन्दोलनमा लुटिएका हतियार बुझाउन सेनाको आग्रह

    काठमाडौँ, २५ भदौः
    हालको अशान्त परिस्थितिमा आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगठ्ठा तथा अन्य सामग्री बुझाउन नेपाली सेनाले सबैलाई आग्रह गरेको छ। सेनाले आज सार्वजनिक गरेको वक्तव्यमा त्यस्ता हतियार वा सामग्री फेला परे तत्काल नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाइदिन अनुरोध गरिएको छ।

    सेनाले चेतावनी दिँदै भनिएको छ– हतियार नबुझाई कसैको हातमा भेटिए प्रचलित कानुनअनुसार कारबाही हुने छ। यस्ता सामग्रीको दुरुपयोगले जनधनमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले कुनै जानकारी भए तत्काल सुरक्षा निकायलाई खबर गर्न पनि सेनाले जनतामा अपिल गरेको छ।

    त्यसैगरी, सेनाले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायका पोशाक अनधिकृत रूपमा प्रयोग नगर्न सबैलाई सचेत गराएको छ।

    यस्तै, सुरक्षाकर्मीहरूले गए रातिदेखि बिहानसम्म काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट आठ थान गरी विभिन्न प्रकारका ३१ हतियार बरामद गरेका छन्। साथै, म्यागजिन र गोलीगठ्ठा समेत फेला पारिएको सेनाले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै