काठमाडौँ, २४ भदौः
देशभर फैलिएको जेनजी आन्दोलनको लहर आज टोखामा पनि उर्लियो। बिहान नारा लगाउँदै नगर परिक्रमा गरेका आन्दोलित युवाहरू दिउँसोतिर विभिन्न नेताको घरमा आक्रोशसहित धावा बोले।
टोका वडा नं. ४ मा पूर्वरक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको घरमा आगजनी गरिएको छ। त्यस्तै वडा नं. ३ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निवासमाथि पनि भीडले आगो लगाएको छ। भने टाेखा नगर प्रहरी प्रभाग कार्यालय प्राङ्गणमा पनि नाराबाजी गर्दै माेटर साइकलमा आगो लगायर जलाएका थिए ।
त्यसपछि आक्रोश अझै बढ्दै गएपछि टोखामा वडा नं. २ स्थित कांग्रेस नेता शशांक कोईरालाको घरमाथि समेत आगजनी भयो। सोही क्रममा उग्र बनेको भीडले वडा नं. २ भिल्लीसम्म पुगेर टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको घर पनि जलाइदिएको छ।
लगातारका यस्ता घटनाले टोखा क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीयवासी भयभीत भएका छन्। आन्दोलित भीडको आक्रोश कम गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

