• TOKHA LIVE

    • २४ भाद्र २०८२, मंगलवार १५:०५

    नेपालका घटनाबारे भारतको चिन्ता, दुःख प्रकट

    काठमाडौँ, २४ भदौः नेपालमा भइरहेको आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाएको घटनाले भारतलाई गहिरो दुःख दिएको छ। भारतीय विदेश मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मृतक परिवारप्रति संवेदना प्रकट गरेको र घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ।

    भारतले नेपालसँगको घनिष्ठ मित्रता र छिमेकीपनको उल्लेख गर्दै संवेदनशील समयमा सबै पक्ष संयमित रहनुपर्नेमा जोड दिएको छ। मन्त्रालयले शान्तिपूर्ण संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गर्दै हाल काठमाडौँसहित विभिन्न शहरमा जारी कर्फ्यूलाई समेत ध्यानमा राखेको जनाएको छ।

    त्यस्तै, नेपालमा रहेका भारतीय नागरिकलाई आवश्यक सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै