नविना श्रेष्ठ
भाद्र २४,२०८२
देशमा यस्तो अवस्था हेरेर सरकारमा बस्न नसक्ने भन्दै जनसङ्ख्या स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उहाँले राजीनामा दिने बताएका हुन् ।
स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।
कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

