काठमाडौँ, २३ भदौ ।
काठमाडौँमा जेन–जी प्रदर्शन हिंसात्मक बनेपछि घाइतेहरूलाई तत्काल उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटा एम्बुलेन्स खटाएको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार र लाठीचार्ज गरेपछि धेरै जना घाइते भए र केहीको मृत्यु भएको पुष्टि भएको छ। घाइतेलाई छिटो अस्पताल पु¥याउन मात्र होइन, उद्धारका लागि नगर प्रहरी पनि परिचालन गरिएको उहाँले बताए।
नयाँबानेश्वरस्थित सिभिल अस्पताल, महाँकालको ट्रमा सेन्टर, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायत स्थानमा घाइतेहरूको उपचार भइरहेको छ। तर शैय्या अभावका कारण अस्पतालहरूमा उपचारमा कठिनाइ भएको खबर आएको छ।
यही कारण महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा घाइतेलाई अस्पताल पुर्याउने मात्र नभई आवश्यक परे उपचार खर्चसमेत महानगरले व्यहोर्ने तयारी गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले बानेश्वर, मध्यबानेश्वर, माइतीघर र शङ्खमुख क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि जेनजी युवाहरूले विरोध प्रदर्शन जारी राखेका छन्।

