• TOKHA LIVE

    • २० भाद्र २०८२, शुक्रबार १८:४७

    बृहत्उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं स्थापना दिवस सम्पन्न

    टोखा काठमाडौं २० भाद्र/
    बृहत्उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं स्थापना दिवस मंगलबार उत्साहपूर्वक सम्पन्न गरेको छ। संस्थाको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा पूजाअर्चना र केक काटेर स्थापना दिवस मनाइएको हो।

    कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देवराज डंगोलले गर्नुभएको थियो। अध्यक्ष डंगोलले विगत १३ वर्षको यात्रा स्मरण गर्दै सहकारीलाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी, बचतकर्ता, ऋणकर्ता, सल्लाहकार, पदाधिकारी तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स-साना रकमबाट सुरु भएको हाम्रो सहकारीलाई आफ्नै सन्तानझैँ माया गर्दा आज यसले ठूलो उपलब्धि हासिल गरेको छ। यस सफलतामा तपाईंहरू सबैको योगदान छ, त्यसैले सहकारीलाई अझ सशक्त बनाउन सबैको निरन्तर साथ आवश्यक छ।”

    सहकारीले विगतका वर्षमा बचतलाई प्रोत्साहन गर्दै सदस्यलाई सजिलो ऋण सुविधा, सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग, र समुदाय विकासका कामलाई निरन्तर अघि बढाएको छ।

    स्थापना दिवसमा संस्थाका सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य र सल्लाहकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै