TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ भाद्र १७, मंगलवार
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
पाटन (ललितपुर), १७ भदौः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गर्नुभएकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा विकास गर्न योगदान पुर्‍याउनु भएबापत एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराउनुभयो । उहाँका अनुसार महानगरप्रमुख महर्जनलाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवार्ड प्रदान गर्नुभएको हो । ललितपुर महानगरको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित हुनुभएका महर्जनले नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध, इमानदार नेतृत्वका रूपमा स्थापित भई आधुनिकीकरणसँगै सांस्कृतिक परम्परालाई र सम्पदालाई सुरक्षित राख्न जोड दिँदै आउनुभएको छ । सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिनुभएका महर्जन बाल्यकालमा पिताको निधनले विभिन्न समस्या भोग्दै सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेसँगै सामाजिक सेवामा सक्रिय हुनुभएका उहाँ तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियोे । तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गर्ने अवसर पाउनुभएका महर्जनले नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर जवाफदेही र जिम्मेवार नागरिक केन्द्रित शासनका पक्षमा काम गर्दै आउनुभएको छ । महानगरप्रमुख महर्जनले मुलुकको पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनलगायत सार्वजनिक सेवामैत्री सेवा सुरु गरेर दिगोपन र समावेशितालाई व्यवहारमा उतार्ने काम गर्नुभयो । सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार, वृक्षरोपण, शुद्ध पानीको सहज पहुँच, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यका माध्यमबाट सांस्कृतिक आदानप्रदान, दिगो विकास र सम्पदा संरक्षणमा साझेदारी बढाउन जोड दिँदै आउनुभएको छ । ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट बालकृष्ण श्रेष्ठ, ‘आइकोनिक इन्टरपेजरसीप अवार्ड’बाट राजेन्द्र मल्ल, ‘एक्सिलेन्स इन न्युरोसाइनेस एण्ड हेल्थकेयर अवार्ड’बाट डा वसन्त पन्त, ‘विमन इन विजिनेश लिडरसीप अवार्ड’बाट ज्योत्स्ना श्रेष्ठ, ‘बैंकिङ सिइओ अफ दी इयर’बाट मनोज ज्ञवाली, ‘विमन इन इनर्जी एक्सिलेन्स अवार्ड’बाट सुसन कर्माचार्य, ‘भिजिनरी लिडरसीप इन लाइफ इन्स्योरेन्स अवार्ड’बाट सन्तोष प्रसाईं सम्मानित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी, ‘अटोमोटिभ विजिनेश एक्सिलेन्स अवार्ड’बाट मिलनबहादुर मल्ल, ‘आउटस्टायन्डिङ पब्लिक कम्युनिकेटर अवार्ड’बाट सिवानी थापा बस्न्यात, ‘आउटस्टायन्डिङ जर्नालिजम अवार्ड’बाट सुशील अर्याल, ‘विमन टुरिजम इन्टरपेनर अवार्ड’बाट कमला गिरी, ‘आउटस्टायन्डिङ पब्लिक सर्भिस अवार्ड’बाट शेरबहादुर विसी, ‘युथ विजिनेश लिडरसीप अवार्ड’बाट डिल्लीराम पङ्गेनी, ‘म्युजिकल ब्रिलियन्ट अवार्ड’बाट शिव परियार सम्मानित हुनुभएको सिजन मिडियाका अध्यक्ष वन्तले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्सिलेन्स इन फाइनान्स सर्भिस एण्ड डिजिटल इन्नोभेटिभ अवार्ड’बाट खिलेन्द्र पौडेल, ‘एक्सिलेन्स इन हेयर एण्ड व्युटीकेयर अवार्ड’बाट लक्ष्मी ठाकुर, ‘हेल्थ एण्ड फिटनेस चेञ्जमेकर अवार्ड’बाट सुकदेव कार्की, ‘डिस्टिङ्गिवष्ट पर्फमेन्ट सिनेमा अवार्ड’बाट केकी अधिकारी, ‘युथ इन्नोभेटर इन्टरपेनरसीप अवार्ड’बाट मनोज पौडेल, ‘एक्सिलेन्स इन एभियसन एण्ड हस्पिटालिटी सर्भिस अवार्ड’बाट सेमन्त श्रेष्ठ र ‘साइन्टिफिक पब्लिसिङ एण्ड इडिटोरियल एक्सिलेन्स अवार्ड’बाट सुरेश रिजाल सम्मानित हुनुभएको छ । एसियाली देशहरूमा चीनका चेन्ग हुआङ ‘पायोनियर फोटोग्राफी एण्ड कल्चर हेरिटेज अवार्ड’बाट, कम्बोडियाकी लिआङ बोफा ‘विमन विजिनेश लिटरसीप एक्सिलेन्स अवार्ड’बाट, बङ्गलादेशका मसियुर रहमन सुमोन ‘एक्सिलेन्ट फोटोग्राफी एण्ड हस्पिटालिटी अवार्ड’बाट, बङ्गलादेशकै मोइन्उद्दिन अहमद ‘आउटस्टायन्डिङ फोटोजर्नलिज्जम अवार्ड’बाट सम्मानित हुनुभएको अध्यक्ष वन्तले बताउनुभयो । मलेसियाका मनिमारन एल सुप्पिअह ‘एक्सिलेन्स इन इन्टरनेशनल विजिनेश एण्ड नेटवर्किङ अवार्ड’बाट, भुटानका फुन्ट्शो डेन्डुप ‘एक्सिलेन्स इन हेल्थ एण्ड सेप्टी लिटरसीप अवार्ड’बाट र थाइल्यान्डकी सुकन्या अर्त्री ‘एक्सिलेन्स इन ग्लोबल डान्स एण्ड इन्टरनेन्टमेन्ट अवार्ड’बाट सम्मानित हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol