टोखा, भदौ १३ ।
टोखा नगरपालिका वडा नं. ६ कार्यालयले वातावरण सफा र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रत्येक शुक्रबार १० बजे ‘१० मिनेट सरसफाइ अभियान’ सुरु गरेको छ।
गत साता देखि प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेटका लागि कार्यालय परिसर तथा वरपरको क्षेत्रमा सरसफाइ गर्ने कार्य नियमित रूपमा सञ्चालन हुँदै आएको वडा अध्यक्ष शान्ता खनाल पौडेलले जानकारी दिनुभयो।
उहाँले स्वच्छ वातावरणले मात्र स्वस्थ जीवन सुनिश्चित गर्ने उल्लेख गर्दै, अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सम्पूर्ण कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिनुभयो।

वडा अध्यक्ष पौडेलको पहलमा सुरु भएको यो अभियानले कार्यालयका कर्मचारीहरूमा मात्र होइन, सम्पूर्ण स्थानीयबासीलाई पनि सरसफाइप्रति सचेत बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

