• TOKHA LIVE

    • १२ भाद्र २०८२, बिहीबार ११:२१

    टाेखा चतुर्मास एकादशी व्रत भक्तजन समूहद्वारा श्री निलबाराही क्षेत्रलाई सहयोग

     

    काठमाडौँ, भदौ १२ ।
    टाेखा चतुर्मास एकादशी व्रतका भक्तजनहरूले मध्यपुर थिमी नगरपालिका ९ स्थित श्री निलबाराही क्षेत्र संरक्षण समितिलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

    बुधबार आयोजित कार्यक्रममा भक्तजन समूहले संकलन गरेको रु १७ हजार रुपैयाँ समितिलाई हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण गर्दै समूहका संयोजक हरिमान श्रेष्ठले सबै भक्तजन दाजुभाइ तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्दै भन्नुभयो-“हामी सबैको ससानो योगदानले मात्र निलबाराही माताको मन्दिर र सम्पदाको संरक्षण सम्भव हुन्छ। आज हामीले सम्पुर्ण भक्तजनहरुबाट संकलित सानो रकम हस्तान्तरण गर्न पाएकोमा हर्षित छौँ। सहयोगी सबै हातहरूलाई धेरै धन्यवाद।”

    समितिले सहयोग ग्रहण गर्दै यस्तो सामूहिक योगदान धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि प्रेरणादायी रहेको जनाएको छ। साथै, समितिले निलबाराही माताको आशीर्वादले सबै भक्तजनहरूको जीवनमा सुख, शान्ति र समृद्धि रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ।

    टाेखा चतुर्मास एकादशी व्रत भक्तजन समूहले यस वर्ष पनि विशेष कार्यक्रमअन्तर्गत टोखा वडा २ र ३ का भक्तजनलाई राजधानी वरपरका प्रमुख धार्मिक स्थलहरूको दर्शन गराउने व्यवस्था मिलाएको छ।
    समूहको विश्वास अनुसार, यस्तो धार्मिक यात्रा मात्र आस्थाको विषय नभई सामुदायिक एकता र आपसी सद्भावलाई अझ प्रगाढ बनाउने माध्यम पनि बनेको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै