TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

इन्द्रजात्राको साइत सार्वजनिक

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ भाद्र ९, सोमवार
इन्द्रजात्राको साइत सार्वजनिक
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
काठमाडौँ, ९ भदौः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले राससलाई जानकारी दिनुभयो । इन्द्रजात्राको साइतको कार्यक्रम आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो । आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ । समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ । इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको उहाँले बताउनुभयो । यही भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ । इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो । यस दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । यसै दिन तल्लो टोलमा यात्रा गराइन्छ । भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइन्छ । यात्राका लागि साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ ।
यही भदौ २६ गते बिहीबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको छ । आश्विनकृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरिन्छ । इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ । भाद्र शुक्ल द्वितीयादेखि सुरु हुने इन्द्रजात्राको साइतका कार्यक्रम आश्विन कृष्ण चतुर्थीका दिन सकिन्छ । यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुने गरेको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol