टोखा, भदौ ६ /
टोखा नगरपालिका वडा ३ को आयोजना , इन्द्रायणी भुतखेल सामुदायिक बन उपभोक्ता समूहको व्यवस्थापनमा तथा टोखा सरस्वती आधारभूत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा स्थानीय बासिन्दालाई लक्षित गरी नि:शुल्क स्वास्थ्य सेवा निरन्तरता दिने भएको छ।

टाेखा वडा ३ ,इन्द्रायणी भुतखेल सामुदायिक बन तथा टोखा सरस्वती आधारभूत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सुरु गरिएको नि:शुल्क प्रेसर, सुगर लगायत स्वास्थ्य परीक्षण सेवा १ वर्ष पूरा गरी १ महिना अघि समाप्त भएको थियो। सोही अवसरलाई अझ प्रभावकारी बनाउन अब प्रत्येक शनिबार थप नि:शुल्क थेरापी सेवा समेत उपलब्ध गराइने भएको छ।

सामुदायिक स्वास्थ्यप्रति जागरूकता बढाउन गरिएको यो प्रयासले स्थानीयवासीलाई रोग पहिचान र नियन्त्रणमा ठूलो सहयोग पुगेको व्यवस्थापक इन्द्रायणी भुतखेल सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सुर्यमान डंगोलले बताउनुभयो।
सेवा प्रत्येक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म टोखा नगरपालिका ३ वडा कार्यालय परिसरमा सेवा सञ्चालन हुँदै आएको छ।


