टोखा, भदौ ६
टोखा नगरपालिका वडा ३ ले भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। यसका लागि वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दर्ता गर्न आह्वान गरेको छ।
वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “टोखा नगरपालिका वडा नं. ३ भित्र बसोबास गर्दै आएका भूमिहीन दलित र सुकुम्वासीले निवेदन दर्ता गरी जग्गा प्राप्त गर्ने अवसर लिन सक्नेछन्।”
यस सूचना २०८२ भदौ ३ गतेदेखि लागू हुने र ३५ दिनसम्म खुला रहने जानकारी दिइएको छ। वडाध्यक्ष रमेश डंगोलले यो पहलले टोखामा बसोबास गर्दै आएका भूमिहीन परिवारलाई स्थायी बसोबासमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।


