• TOKHA LIVE

    • ३ भाद्र २०८२, मंगलवार १२:०२

    नेपाल रुबेला रोग मुक्त देश विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया प्रमाणित

     

    नविना श्रेष्ठ
    भदौ ३,२०८२।

    नेपाल रुबेला रोग मुक्त देश भएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरियाे।

    ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको बताएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्धता जनाए।

     

    यस्ताे राेगकाे लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग-निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन्। राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेकाे छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै