टोखा , भाद्र ३ काठमाडौं
नेपालकी युवा श्रद्धा डंगोलले थाइल्यान्डको बैंककमा आगामी अन्तर्राष्ट्रिय युवा फोरम २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। अगस्ट २१–२२ मा संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्र (UNCC) मा आयोजना हुने यस सम्मेलनमा विश्वका ८१ भन्दा बढी देशका युवा प्रतिनिधिहरू सहभागी हुनेछन्।
सस्टेनेबल डेभलपमेन्ट काउन्सिलको पहलमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलन संयुक्त राष्ट्रसंघसँग विशेष परामर्शदातृ हैसियतमा सञ्चालन हुँदै आएको हो। सम्मेलनमा युवाले विश्व शान्ति, दिगो विकास, जलवायु परिवर्तन, शिक्षा, लैङ्गिक समानता लगायतका विषयमा विचार विमर्श गर्नेछन्।
नेपालको तर्फबाट सहभागी श्रद्धा डंगोलले नेपालको युवापुस्ताले देखिरहेका चुनौती, सम्भावना र योगदानबारे अन्तर्राष्ट्रिय समुदायमा आफ्ना विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। उनी भन्छिन् “अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नु मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली युवाको आवाजलाई विश्वसामु पुर्याउने जिम्मेवारी हो।”
नेपालमा युवापुस्ताको क्षमता, सृजनशीलता र संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न टाेखाकि चेली श्रद्धा डंगोलको सहभागिता महत्वपूर्ण मानिएको छ।

