• TOKHA LIVE

      TOKHA LIVE

    • २४ श्रावण २०८२, शुक्रबार ०५:४४

    नेवाः गुथि टाेखाबाट ‘स्मृति भाव सागर’ अंक ६ विमोचन, दिवंगत आत्माहरूप्रति श्रद्धा सुमन

     

    टोखा, साउन २३।
    नेवाः गुथि टाेखाले दिवंगत आत्माहरूको सम्झनामा प्रकाशित गर्दै आएको स्मृति पुस्तिका ‘स्मृति भाव सागर’ को छैठौँ संस्करण आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ।

    टोखा नगरपालिका वडा नं. १, २ र ३ अन्तर्गत कला, संस्कृति, पर्व, संस्कार र सभ्यतामा योगदान दिएका स्वर्गीय व्यक्तित्वहरूलाई श्रद्धासुमन अर्पण गर्दै प्रत्येक वर्ष प्रकाशन गरिँदै आएको यो पुस्तिका, टोखा नेवाः समुदायको आत्मीयता र सांस्कृतिक चेतनाको प्रतीक बनेको छ।

    यो स्मृति भाव सागर’ संस्करणको परिकल्पना प्रकाश डंगोलले गर्नुभएको हो भने कार्यक्रमको सञ्चालन नेवाः गुथिका महासचिव हेरकाजी डंगोलले गर्नुभयो।

    पुस्तिका विमोचन कार्यक्रम टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र वडा नं. ३ का अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साथै कार्यक्रममा वडा सदस्यहरू, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, मुलनाइके हेमराज श्रेष्ठ, नेवाः गुथिका अध्यक्ष रमेश नापित, गुथिका सल्लाहकार एवं पदाधिकारीहरू तथा सपनतीर्थ संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोल लगायत मृतक आत्माका परिवारजनहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

    स्मृति भाव सागर’ अंक ६ बिमोचनको प्रत्येक्ष Live प्रसारण नेपाल भाषामा टाेखा लाइभ डट कमको पेजमा गएर हेर्नुस् ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै