टोखा, ३० साउन २०८२।
“सम्पूर्ण मुक्तिकामी महिलाहरू एक होऔं” भन्ने नारा सहित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को ऐतिहासिक तेस्रो टोखा नगर सम्मेलन भव्य र सभ्य ढंगले सम्पन्न भएको छ।
सम्मेलनमा प्रमुख अतिथि तथा संघीय सांसद एवम् अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष माननीय विमला सुवेदीको उपस्थितिमा ३५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमको अध्यक्षता कमरेड अम्बिका पौडेल अधिकारीले गर्नुभएको थियो।

सम्मेलन सफल बनाउन सक्रिय सहभागिता जनाउने, सुझाव सल्लाह दिने तथा शुभकामना व्यक्त गर्ने सम्पूर्णप्रति आयोजकहरूले हार्दिक आभार प्रकट गरेका छन्।
कार्यक्रमलाई ऐतिहासिक बनाउने क्रममा प्रमुख निर्वाचन अधिकृत सोमनाथ सापकोटा (टोखा नगर निर्वाचन समिति), केन्द्रीय निर्वाचन आयोग (नेकपा माओवादी केन्द्र)का अध्यक्ष कुवेर बहादुर ओली, प्रदेश कमिटीका नवीन कुमार डंगोल , हेरकाजी डंगोल र टाेखा नगर कमिटीका अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थिति उल्लेखनीय रह्यो।
यस सम्मेलनबाट निर्वाचित सम्पूर्ण ३५ पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै हार्दिक बधाई दिइएको छ।


