• TOKHA LIVE

    • ३२ श्रावण २०८२, शनिबार १६:२८

    १८ पदकसहित स्वदेश फर्कियो नेपाली तेक्वान्दो टोली।

     

    टाेखा, ३० साउन
    थाइल्यान्डको पटायामा सम्पन्न ‘आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५’ मा नेपाली खेलाडीहरूले चम्किलो सफलता हासिल गरेका छन्। टोखा र तार्केश्वरका २२ मध्ये १८ खेलाडीले पदक जित्दै नेपालको राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याए।

    प्रतियोगितामा नेपालले ५ स्वर्ण, ३ रजत र १० कांस्यसहित कुल १८ पदक हात पार्‍यो। स्वर्ण विजेतामा कुमार लवट, सुसन्ध्या खड्का, अबिन श्रेष्ठ, मुगा माया पाखरिन र रोनाशा थापा परे। रजत जित्नेमा अनिशा तामाङ, समीर भुजेल र भिक्सन गुरुङ रहँदा, कांस्य जित्नेमा सर्वोच्च लामा, संयोग खड्का, सरोज मुक्तान, आर्यन फेरि, आरुषि फेरि, स्वीटा पुजारी, आकृति गुरुङ, योजना गौली, आर्यन तामाङ र छोई डोल्मा तामाङ रहे।

    मुख्य प्रशिक्षक सानु बाबु महर्जन, प्रशिक्षक गौरव राजक र प्रबन्धक साजन श्रेष्ठको नेतृत्वमा टोली थाइल्यान्ड पुगेको थियो। बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्स क्लव अफ टोखा काठमाडौंका जोन चियरपर्सन लायन सानुबाबु श्रेष्ठ र डिष्ट्रिक्ट क्लोथ बैंक को-चियरपर्सन शन्तलाल श्रेष्ठको नेतृत्वमा खेलाडीहरूलाई विशेष सम्मानसहित स्वागत गरियो।

    २७ राष्ट्रका दुई हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको यस प्रतियोगितामा नेपाली टोलीले आफ्नै खर्चमा भाग लिए पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा उल्लेखनीय स्थान सुरक्षित गर्‍यो।
    स्वदेश फर्किँदा खेलाडीहरूको अनुहारमा थकाइभन्दा बढी विजयको उज्यालो मुस्कान देखिन्थ्यो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै