नविना श्रेष्ठ / श्रावण २६, २०८२
टोखा नगरपालिका वडा नं. २ मा रहेका २२ वटा विद्यालयका ए.ई.ई (SEE) मा सफल विद्यार्थीहरूलाई नेपाली कांग्रेस वडा समिति २ ले विशेष सम्मान गरेको छ।
सम्मानित विद्यालयहरूमा चण्डेश्वरी मा.वि, सरस्वती मा.वि, बौडेश्वर मा.वि, झोर महांकाल मा.वि, धापासी मा.वि, टिलिङटार मा.वि, जालुपा मा.वि, मनोहरा मा.वि, त्रिवेणी सदन ई.मा.वि, ओसिस पब्लिक एकेडेमी, लक्ष्मीपुर ई.मा.वि, गणेश मा.वि, डिभाइन स्कुल, बिन्ध्यबासिनी मा.वि, सत्यसाई शिक्षा सदन, अमर मा.वि, नितेन मेमोरियल मा.वि, एड समिट ई.स्कुल, न्यू चिल्ड्रेन होम एकेडेमी, नव दीक्षित पाठशाला र पब्लिक मा.वि रहेका थिए।

यस अवसरमा नेपाल मास्टर्स एथलेटिक्स संघका अध्यक्ष जि.एन.दाई शर्मा, थाइल्यान्डमा खेलकुद प्रतियोगितामा टोली व्यवस्थापक तथा कोचको भूमिकामा रहेका कोषाध्यक्ष भैरव शाही, ५ हजार मिटर दौडमा तृतीय स्थान हासिल गर्ने सुनिल शाक्य, १५०० मिटर दौडमा तृतीय स्थान प्राप्त गर्ने गृर्वाण विक्रम शाहसहित नौ जनालाई पनि सम्मान गरियो।

कार्यक्रम स्व. विश्वेश्वर प्रसाद (वि.पी) कोईरालाको ४३औं स्मृति दिवस तथा स्व. सुशील कोईरालाको ८६औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको थियो।
सम्मान समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, प्रदेश सांसद श्याम बहादुर खड्का, काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, त्रिभुवन विश्वविद्यालयका डा. पिताम्वर भण्डारी, वडा सभापति हेरा काजी महर्जन डंगोललगायतको उपस्थिति थियो।
वडा सभापति महर्जनले विद्यार्थी, पत्रकार, समाजसेवी र खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताए। कार्यक्रम सहसचिव सरोज डंगोलले सञ्चालन गरेका थिए।

