• TOKHA LIVE

    • १८ श्रावण २०८२, शनिबार १८:१९

    नारायण परिवार क्लबको स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न

     

    काठमाडौं, साउन १६ ।
    नारायण परिवार क्लबले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव स्वर्ण जयन्ती विशेष समारोहको रूपमा भव्यताका साथ मनाएको छ। क्लबले समाजसेवा, संस्कृतिको संरक्षण र सामुदायिक एकताको मार्गमा लामो यात्रा तय गरेको अवसरमा आयोजित सो समारोह शुक्रबार काठमाडौंको टेकुस्थित भिभा बैंक्वेटमा सम्पन्न भयो।

    समारोहको उद्घोषण सचिव प्रविण महर्जनले गर्नुभएको थियो भने क्लबका अध्यक्ष प्रचण्डमान वजाचार्यले सभापतिका रूपमा कार्यक्रमको नेतृत्व गर्नुभएको थियो। कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंह प्रमुख अतिथि रहनुभएको थियो। मन्त्री प्रकाशमान सिंहले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।

    सो अवसरमा क्लबका सदस्य सचिव सन्तकुमार महर्जनले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै यो उपलब्धिलाई ऐतिहासिक उपलब्धि भनेर स्मरण गर्नुभयो । सामाजिक सेवाको मैदानमा पचास वर्ष लामो यात्रापछि नारायण परिवार क्लबले आफ्नो स्वर्ण जयन्ती उल्लासपूर्वक मनाएको क्लबको नाम राखिनुको पृष्ठभूमि उल्लेखनीय रहेको बताउनुभयो । हिन्दु धर्मका पालनकर्ता आराध्यदेव भगवान विष्णुको एक अवतार शेषनारायणको प्रतिमूर्ति ओन्दे टोलमा अवस्थित ‘ओन्दे नारायण’ मन्दिरको नामबाट क्लबको नामाकरण गरिएको साथै काठमाडौंको प्राचीन चार नारायणमध्ये एक मानिने यो मन्दिर ओन्दे टोलको सांस्कृतिक पहिचानसँग गासिएको छ।

     

    वर्तमानको समृद्ध संस्थाका रूपमा चिनिएको नारायण परिवार क्लबको शुरूवात भने एकदमै सानो कोठाबाट भएको थियो। ओन्दे टोलको फलेचामा केही जोशिला यूवाहरूको पहलमा २०३२ सालमा स्थापना गरिएको यो संस्था अहिले खोल्चापाखामा चारतल्ले सुविधा सम्पन्न भवन निर्माण गरी आफ्नै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको सचिव महर्जनका अनुसार, समयको प्रवाहसँगै विभिन्न संघसंस्थाबाट प्रेरणा लिँदै ओन्दे टोलका युवाहरूले समाजसेवामा योगदान पुर्‍याउने अठोटका साथ क्लबको स्थापना गरेका थिए। आरोह-अवरोह पार गर्दै आज क्लबले सामाजिक, सांस्कृतिक र सामुदायिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ। – भन्नुभयो ।

     

    कार्यक्रममा विशिस्ट अतिथी पूर्व मेयर विद्या सुन्दर शाक्यले नारायण परिवार क्लबले आफ्नो ५०औं स्थापना वर्षको अवसरमा विशिष्ट अतिथि शाक्यले क्लबका सम्पूर्ण सदस्यलाई स्वर्ण जयन्तीको हार्दिक बधाई दिँदै स्मारिकाको सफल प्रकाशनको शुभकामना व्यक्त गरे। उहाँले सामाजिक सेवा नेपाली समाजको मौलिक संस्कार, परम्परा र गौरव भएको उल्लेख गर्दै यसलाई सच्चा भावना र समर्पणका साथ अघि बढाउनु आवश्यक रहेको बताए।
    “सामाजिक सेवा भनेको त्याग हो, समर्पण हो, परोपकार हो,” शाक्यले भावुक भएर भन्नुभयो, “तर पछिल्लो समय समाजसेवाको नाममा विकृति देखिन थालेका छन्। अब हामीले यस्ता विकृतिलाई हटाउँदै समाजसेवाको असली मर्मलाई पुनःस्थापित गर्नुपर्छ।”नारायण परिवार क्लबको निरन्तर सामाजिक जागरण, जनचेतना, क्षमता अभिवृद्धि र स्वास्थ्य सेवामा योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा क्लबको सेवा कार्य अझ लक्षित समुदायसम्म पुग्ने अपेक्षा राखे।

     

    प्रमुखअतिथि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ५०औं वार्षिकोत्सव मनाउन सफल क्लबलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै युवाको क्षमता विकास, स्वरोजगार, महिला तथा विपन्न वर्गको उत्थान, स्वास्थ्य र चेतना अभिवृद्धि, अनि स्थानीय भाषा, कला, संस्कृति र सम्पदाको संरक्षणजस्ता कार्यमा क्लबले गरेको निरन्तर प्रयास सराहनीय छ ।- भन्नुभयो ।

    पचास वर्षसम्म इमान्दारिताका साथ सामाजिक सेवामा लाग्नु स्वयंमा ठूलो उपलब्धि हो । यो सफलता क्लबका सबै पदाधिकारी र सदस्यहरूको निस्वार्थ समर्पणको फल हो ।आगामी दिनमा क्लबले अझ नविन र सिर्जनशील कार्यमार्फत समाज र राष्ट्रको सेवा गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु । – मन्त्री सिंहले भन्नुभयो।

     

    विशिस्ट अतिथी बागमती प्रदेश मन्त्री माननीय श्री हरिप्रभा खड्गी श्रेष्ठले नारायण परिवार क्लबले स्थापनाको ५० वर्ष पूरा गर्दै स्वर्ण जयन्तीको विशेष अवसरमा “स्वर्ण जयन्ती स्मारिका” प्रकाशनले आफुलाई अत्यन्त हर्षित तुल्याएको बताइन् । उहाँले क्लबले विगत पाँच दशकको लामो यात्रा पार गर्दै समाजसेवाको उच्च मिसाल प्रस्तुत गरेको उल्लेख गर्दै भनिन्, “५० वर्षको यात्रा कुनै सजिलो होइन। यसबीच क्लबले युवाको क्षमता विकासदेखि शिक्षा, स्वास्थ्य, शान्ति-सुरक्षा, सामाजिक चेतना र सम्पदा संरक्षणमा दिएको योगदान साँच्चिकै प्रशंसनीय छ।” खड्गीले क्लबप्रतिको आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि क्लबले महिला र युवामुखी कार्यक्रमहरू, सांस्कृतिक जगेर्ना तथा सामाजिक उत्थानमा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

     

    विशिस्ट अतिथी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नारायण परिवार क्लबले विगतका दिनमा काठमाडौं महानगरको दक्षिणी क्षेत्रलाई विकासको दृष्टिले पछि परेको मानिन्थ्यो भन्दै, त्यहाँका युवाहरुलाई एकजुट गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, वातावरण र खेलकुदजस्ता विविध क्षेत्रमा सक्रिय गराउने काम क्लबले प्रभावकारी ढंगले अघि बढाएको बताउनुभयो।

    उपप्रमुख डंगोलका अनुसार, “त्यतिबेला काठमाडौंको सांस्कृतिक गतिविधि मुख्यतया हनुमानढोका आसपास र व्यापारिक चहलपहल असन-इन्द्रचोकमा मात्र सीमित थियो। तर नारायण परिवार क्लबले टोल-छिमेकमै युवालाई संगठित गरेर उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्यायो।” उहाँले क्लबले सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्रले निम्न आय वर्गका स्थानीय बासिन्दाका लागि सुलभ स्वास्थ्य उपचारको व्यवस्था गरी विशेष योगदान दिएको बताउनुभयो। यस्तै, रेडियो उपत्यकामार्फत जनचेतना अभिवृद्धिमा क्लबले खेलेको भूमिका पनि अत्यन्त सराहनीय रहेको उहाँको भनाइ थियो। “वातावरण संरक्षणदेखि लिएर विपद् व्यवस्थापनसम्म, क्लबको सक्रियता नै उसलाई समुदायको भरोसायोग्य संस्थाको रुपमा चिनाउँछ,” उपप्रमुख डंगोलले थप भन्नुभयो।

     

     

    विशिस्ट अतिथि पूर्वमन्त्री तथा सांसद माननीय श्री कृष्ण गोपाल श्रेष्ठले नारायण परिवार क्लबले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण कार्यहरु जस्तै सामाजिक, धार्मिक, पुरातात्विक सम्पदाहरुको संरक्षण तथा स्वास्थ्य, शिक्षा, सञ्चार र खेलकूद जस्ता विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको सर्वविदितै भएको बताउदै उहाँले विशेषतः यस क्लबको स्वास्थ्य, सञ्चार तथा शिक्षाका कार्यक्रमहरु प्रभावकारी र सराहनीय रहेकोे बताउनुभयो । उहाँ यस क्लबले संचालन गरेको विभिन्न क्याकलापहरु मार्फत सामाजिक विक्ति हटाउन, संस्कृति जगेर्मा, युवा स्वरोजगार, स्वास्थ्य तथा शिक्षाको सचेतना र निरन्तरताको लागि पनि उल्लेखनीय योगदान पुगेको बताउदै पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि समय समयमा विभिन्न किसिमका बौद्धिक ज्ञानबर्द्धक, शिक्षा र सीपमुलक कार्यक्रमहरु संचालन गर्दै सामाजिक जागरणमा पनि योगदान पुऱ्याउँदै आएको र युवा, महिला तथा वृद्धहरुका लागि नारायण परिवार क्लबले गरि आएका विभिन्न कार्यहरु प्रशंसनीय रहेको धारणा राख्नुभयो।

    विशिस्ट अतिथि काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले ५० वर्षे निरन्तर सामाजिक यात्रालाई स्मरणीय बनाउन क्लबले “स्वर्ण जयन्ती स्मारिका” प्रकाशन प्रति खुसी व्यक्त गर्दै अध्यक्ष महर्जनले “पाँच दशक लामो सेवाको यो यात्राले क्लबले सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत विविध क्षेत्रमा दिएको योगदान गौरव गर्न लायक छ,” उहाँले भने, “यो सफलताको श्रेय क्लवसँग आबद्ध सम्पूर्ण सदस्यहरुको समर्पण र इमान्दारीलाई जान्छ।”
    अध्यक्ष महर्जनले आगामी दिनहरूमा क्लबको भूमिका अझ प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्दै सामाजिक सेवा र मानव कल्याणको यात्रामा वडा नं. १२ सधैँ साथमा रहने प्रतिबद्धता जनाए।

     

    कार्यक्रममा विशिस्ट अतिथीहरु बागमती प्रदेशका माननीय सरिता शाही, समिता खड्गी श्रेष्ठ, नुरज बज्राचार्य, संविधानसभा सदस्य ध्यान गोविन्द रञ्जित तथा प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठले पनि शुभकामना मन्तव्य दिँदै क्लबलाई अझ ऊर्जाशील भएर अघि बढ्न आह्वान गरे।

    त्यस्तै, ज्यापु महागुथि नेपाःका केन्द्र तथा महानगर समितिका अध्यक्षहरू, परम्परागत खलः नायकहरू, विभिन्न सामाजिक संस्थाका प्रमुखहरू, शैक्षिक क्षेत्रका प्रतिनिधिहरू, रेडियो सञ्चालक र महिला समूहका प्रतिनिधिहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

    कार्यक्रममा क्लबका पदाधिकारी र सल्लाहकारहरूको परिचय, क्लबको इतिहास, समाजमा पुर्‍याएको योगदान तथा आगामी योजनाहरूको समेत प्रस्तुति गरिएको थियो।

    नारायण परिवार क्लबले ५० वर्षको यात्रामा समाजमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख अतिथी तथा विशिस्ट अतिथिहरुला मायाको चिनो समेत प्रदान गरियो । कार्यक्रमलाई प्रेरणादायी र समावेशी रूपमा सम्पन्न गरेको
    स्वर्ण जयन्ती कार्यक्रमले क्लबको समर्पण, एकता र भविष्यप्रतिको प्रतिबद्धता अझ प्रगाढ बनाएको उपस्थित सहभागीहरूले बताएका थिए।

    नारायण परिवार क्लबको ५० औं स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा समाजका विभिन्न क्षेत्रबाट आएका विशिष्ट व्यक्तिलाई विशेष सम्मान समेत प्रदान गरियो । समारोहमा क्लबका सल्लाहकार तथा स्मारिका प्रकाशन संयोजक निर शाक्य, वडा नं. १२ का सदस्य पुष्परत्न प्रजापति, महिला बौद्ध समूहकी अध्यक्ष श्रीमिला सुवाल, रेडियो उपत्यका सञ्चालक समिति संयोजक पुष्प पराजुली, ज्यापु संस्कृति विकास कोष अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्य नारायण डंगोललगायत अतिथिहरूले क्लबले सामाजिक सेवा, सांस्कृतिक संरक्षण र समावेशी नेतृत्वमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

    समारोहमा संस्थापक पदाधिकारी, पुराना सदस्य, समाजसेवी व्यक्तित्वहरू र वर्तमान कार्यसमिति सदस्यहरूलाई विशेष सम्मान गरियो।
    सम्मान पत्र वाचन श्रीमति निमला शाक्यले गर्नुभयो भने, सम्मान स्वरूप दोसला, खादा र मायाको चिनो प्रदान गरियो।

    परम्परागत ओन्दे त्वाः खलःका नायजुहरू, विभिन्न संघ–संस्थाका अध्यक्षहरू र स्मारिकाका स्तम्भकारहरूलाई पनि विशेष कदरसाथ सम्मान गरियो।

     

    कार्यक्रमको अन्त्यतिर क्लबका उपाध्यक्ष निरज कुमार महर्जनले धन्यवाद मन्तव्य राख्दै सम्पूर्ण सहयोगी हातहरूलाई आभार प्रकट गर्नुभयो। त्यसपछिको समारोह समापन मन्तव्य क्लबका अध्यक्ष प्रचण्डमान वज्राचार्यले दिनुभयो, जसमा उहाँले अगामी दिनहरूमा क्लबलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा रात्री भोजको समेत आयोजना गरिएको थियो ।

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै