• TOKHA LIVE

    • ८ श्रावण २०८२, बुधबार १५:५८

    टोखा वडा नं. १० मा एसईई सफल विद्यार्थीहरूलाई नेकपा एमालेद्वारा सम्मान

     

    टाेखा, श्रावण ६ /
    जीवनको पहिलो ठूलो परीक्षा पार गरेका युवाहरूप्रति सम्मानको अभिव्यक्ति स्वरूप, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) टोखा नगरपालिका वडा नं. १० वडा कमिटीले एसईई २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममा सम्मानित गरेको छ।

    टोखा नगरपालिका १० अन्तर्गतका विभिन्न विद्यालयबाट एसईई परीक्षा २०८१ उत्तीर्ण गरेका करिब १०० जना विद्यार्थीलाई बधाई सहित सम्मानपत्र र खादा अर्पण गरिएको हो। विद्यार्थीको उज्ज्वल भविष्यप्रति शुभकामना प्रकट गर्दै नेकपा एमाले टाेखा १० वडा कमिटीले यो सम्मान कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले विद्यार्थीहरूलाई प्रमाणपत्र र खादा प्रदान गर्दै उच्च शिक्षाका लागि प्रेरित गरे। उहाँले भने, “विद्यार्थीहरू हाम्रो भोलिका कर्णधार हुन्। मेहनत, प्रतिबद्धता र सकारात्मक सोचले मात्र जीवनमा सफलता सम्भव छ।”

    उक्त कार्यक्रममा टाेखा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष मच्चकाजी महर्जन, नेकपा एमाले टोखा नगर कमिटी अध्यक्ष गोपीकृष्ण पाठक, टाेखा वडा कमिटी अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष चन्द्रदत्त सुवेदी, सचिव अन्जु मानन्धर शाही, सह–सचिव धनबहादुर पण्डित र गीता पाण्डे, वडा १० का सदस्य जगतलाल शाही, वडा नं. १० की सदस्य लिलादेवी अधिकारी लगायत पार्टीका अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

     

    कार्यक्रमको समन्वय राष्ट्रिय युवा संघ नेपाल टोखा नगर कमिटीका उपाध्यक्ष सुजन पण्डितले गरेका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै