नविना श्रेष्ठ ,कात्तिक २६,२०८०/ नेपाली कांग्रेसका संस्थापक ऐतिहासिक संयुक्त जन आन्दोलन २०४६ का सर्वोच्च कमाण्डर त्याग, साहसी र निष्ठाका प्रतिमूर्ति लौह पुरुष वीर गणेशमान सिंहको १०९औं जन्मजयन्ती तथा संस्थापक नेता सुवर्ण शमशेर राणाको ४६औं स्मृति दिवसको अवसरमा द्वय श्रदय नेताहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै टोखा नगरपालिका वडा नं २ गणेश पोखरी (पुखुसी) मा रहेको गणेशमान सिंहको शालिकमा दीप प्रज्वलन कार्यक्रम गरेका थिए। टोखा नगरपालिका वडा नं २ का नेपाली काँग्रेसका कार्य समितिको आयोजनामा साधारण कार्यक्रम गरेको थियो। जाजरकोटमा हाली गएको विनाशकारी भूकम्पले गर्दा थिए जनधनको क्षति भएको कारणले ठूलो कार्यक्रम नगरेको कार्यक्रमका प्रमुख अतिथि काठमाडौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य माननीय प्रतिक पौडेल, नेपाली काङ्ग्रेस क्षेत्र नं ५ का सभापति बागमती प्रदेशसभा सदस्य माननीय श्याम बहादुर खड्का र टोखा नगर वडा नं २का वडा सभापति हेराकाजी महर्जन डंगोलले बताएका थिए




