• TOKHA LIVE

    • १६ आश्विन २०८०, मंगलवार ०५:२३

    टाेखाको राजकुलोको पुरातत्त्वद्वारा अध्ययन अबलोकन भ्रमण

    काठमाडौं १७ ,कार्तिक /टाेखाको राजकुलोको पुरातत्त्वद्वारा आज अध्ययन अबलोकन भ्रमण गरेको छ। अहिले शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र पर्ने टाेखा नगरपालिकाका अधिकांश पानीका मुल स्रोतहरु संरक्षणको पर्खाइको अवस्थामै केन्द्रित छन् । एक त पानीको मुल स्रोत सुक्नुमा जलवायु परिवर्तन कारक त छदै छ्न ।त्यसमाथी मुहानको उचित संरक्षण,योजनावद्व व्यवस्थापन , सदुपयोगले स्थानीय उपभोक्ताहरुले पहल गर्ने क्रियाकलापले पानीको मुल स्रोतलाई निर्धारण गर्दछ। नेपाल पानी सदुपयोग फाउन्डेसनले २०२० देखि गरिरहेको सर्वेक्षणको प्रारम्भिक तथ्यांकले जलवायु परिवर्तनका कारण ४५ प्रतिशत मुहान मासिएको सर्वेक्षणले देखाएको थियोे ।जसमध्ये ३ सयभन्दा धेरै स्थानीय तहका जनप्रतिनिधि लगायत ७४ प्रतिशत सहभागीले ४५ प्रतिशत मुहान सुक्नुमा जलवायु परिवर्तनको असरलाई कारक देखाएका थिए ।पहिलो कारणमा सडक निर्माण (५१ प्रतिशत) देखिएको थियो । टाेखामा हजारौं वर्ष देखि मुल स्रोत शिवपुरी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदिनाला, राजकुलो,सिचाइ ,पोखरी , खानेपानी , ढुङ्गेधारा आदिको मुल स्रोतको रूपमा रहिआएको छ। पछिल्लो समय टाेखा नगरपालिकाको मुल स्रोतबाटै बग्ने राजकुलो आंशिक रूपमा विकासको नाममा सडक विस्तारसंगसगै राजकुलो मासिदै गइरहेको छ। यहि राजकुलोलाई चासो व्यक्त गर्दै राजकुलोलाई व्यवस्थित गर्न पुरातत्व तथा युनेस्कोका प्रतिनिधिहरुले अवलोकन अध्ययन भ्रमण गरेको हो। अवलोकन भ्रमणमा आज टाेखाको कला,संस्कृति सम्पदा, पानीको मुहान, राजकुलो अबलोकन भ्रमणमा पुरातत्त्व बिभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग,युनेस्कोका प्रतिनिधिहरु , सांस्कृतिक अभियन्ता सुशान्त डंगोल ,नेवा:गुथि टाेखाका अध्यक्ष रमेश नापित, त्रिभुवन बिश्वविद्यालयका प्रो. सन्ध्या खनाल,नेवा:गुथि टाेखाका महासचिव हेरकाजी डंगोल , नेकपा एकीकृत समाजवादी टोखा नपा ३ अध्यक्ष न्हुछे श्रेष्ठ,टाेखा चण्डेश्वरी युवा क्लबका उपाध्यक्ष गगन श्रेष्ठ ,स्थानीय पत्रकार लगायतको उपस्थित थियोे ।

    (फाेटाे फिचर )
                   

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै