• TOKHA LIVE

      TOKHA LIVE

    • १३ कार्तिक २०८०, सोमबार ०४:१९

    नेपाल संवत ११४४ न्हुदँ समारोह तयारीका लागि नेवा : गुथि टाेखाको बैठक सम्पन्न

    काठमाडौं १३ कार्तिक /नेपाल सम्बत ११४४ न्हुदँया भिन्तुना समारोह तयारीको लागि नेवा : गुथि टाेखाको विशेष बैठक सम्पन्न भएको छ। आइतबार नेवाः गुथि टाेखाको आयोजनामा टाेखा नगरपालिका वडा २ स्थित गःहिटीसंगैको नेवाः गुथि टाेखाको कार्यालयमा सम्पन्न भएको न्हुदँ समारोह तयारीका लागि महत्त्वपूर्ण विषयक बैठक सम्पन्न भएको छ। नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापितको अध्यक्ष्यतामा सम्पन्न भएको न्हुदँ समारोह तयारी विशेष छलफलमा अतिथिहरुलाई स्वागत गर्दै नेवाः गुथि टाेखा महासचिव हेराकाजी महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत ११४४ मनाउन कार्तिक २८ गतेका लागि टाेखामा विभिन्न क्लब संघसंस्था संग तयारी छलफलमा बिगतका प्रतिनिधिहरुलाई निरन्तरता दिँदै यस पटक पनि समारोह भब्य गरि मनाउन बैठक आयोजना गरिएको हो । नेपाल संवतको नव वर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानको रुपमा नेवार समुदायले मनाउँदै आएका छन ।

     

    नेवा : गुथि टाेखाको बैठकमा अध्यक्ष रमेश नापितले ऐतिहासिक संस्कृति संरक्षित क्षेत्रमा टाेखामा रहेका विभिन्न ३०/३५ खल:पुच: पत्राचार गर्न तयारी गरिसकेको जानकारी दिदै प्रत्येक वर्ष नेपाल सम्बत न्हुदँया भिन्तुनामा बाजागाजा सहित सांस्कृतिक र्याली सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाइदै आइरहेको समारोहलाई निरंतरता दिदै यस वर्ष भौगोलिक हिसाब गत वर्ष टाेखा नगरपालिका वडा २ स्थित थने लाछी आयोजना गरेको न्हुदँ समारोह कार्यक्रम यस वर्ष टाेखा नगरपालिका वडा ३ स्थित क्वने लाछीमा न्हुदँ समारोह सांस्कृतिक कार्यक्रम आयोजना गरिने नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापितले जानकारी दिनभयो।

    अध्यक्ष रमेश नापितले न्हुदँया भिन्तुना नेवा: हरुको नेवा: एकता कायमै रहेको सन्देश प्रवाह गर्न कुनै पनि राजनीतिक स्वार्थ नहेरी , कुनैपनि पुर्वाग्रह नराखी टाेखाको कला संस्कृति ,भाषा ,भेषभुषा ,संस्कृति परम्परालाई जगेर्ना गर्न,उत्थान गर्न र एकताबद्व भएर हातेमालो गर्दै अघि बढ्न सबै खल:पुचहरुलाई आव्हान समेत गर्नुभयो। बैठकमा नेवा : गुथि टाेखाले नेवा: समुदायमा यस वर्ष ज्योतिष शास्त्रको क्यालेन्डर २०८० अनुसार कार्तिक २५ गते काग तिहार , कार्तिक २६ गते कुकुर तिहार र लक्ष्मी पुजा , कार्तिक २७ गते औसी गाई तिहार , कार्तिक २८ गते म्हपुजा,गोवर्धन पुजा र नेपाल संवत् ११४४ प्रारम्भ र कार्तिक २९ गते किजापुजा/ भाइटीका पर्व रहेकोले सोहि मिति अनुसार पर्व मनाउन हुन समेत आग्रह गर्नुभयो । नेपाल सम्बत ११४४ न्हुदँया भिन्तुना कछलाथ्व पारुका दिन ऐतिहासिक संस्कृति संरक्षित क्षेत्रमा सांस्कृतिक र्यालीको लागि नेपाल सम्बत ११४४ न्हुदँया भिन्तुना र्याली टाेखा मु: ध्वाखाबाट जम्मा भएर बांफ: नंचा , त्वापचा र क्वने लाछि हुँदै ताेखायचा , देरचा, देमालाछी, तुति घ: हुँदै थने लाछी , यलाग, थलाग गणेशस्थान, हासल, ल्ह्व: फ : हुँदै क्वने लाछीमा र्याली बिसर्जन हुने र त्यही दिन सांस्कृतिक गुरुहरुलाई सम्मान गर्ने बैठकले निर्णय गरेको छ।

    सांस्कृतिक कार्यक्रममा नयाँ मौलिक बाजागाजा प्रशिक्षण गरेकाहरुलाई सम्मान गर्ने,महिला धिमे खल:,भजन खल:,दापा खल:हरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइयो। बैठकमा नेवाः गुथि टाेखाका पुर्वअध्यक्ष देवराज डंगोल, नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित , गुथिका बरिस्ठ उपाध्यक्ष सुर्यमान डंगोल ,गुथिका उपाध्यक्ष रामलाल महर्जन , गुथिका महासचिव हेरकाजी डंगोल ,गुथिका सचिवद्वय प्रकाश डंगोल र निरन्जन डंगोल,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, सल्लाहकार अष्ट नारायण डंगोल,गुथिका कानुनी सल्लाहकार सत्यनारायण डंगोल , सल्लाहकार हरिदास श्रेष्ठ, टाेखा कला पुच:का अध्यक्ष हरि बहादुर श्रेष्ठ , गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशीले ,आआफ्ना सुझाव राख्नुभएको थियो । बैठकमा नेवा : गुथि टाेखाको कार्यालयमा बसेको बैठकमा गुथिका पदाधिकारीहरु र सल्लाहकारहरुको  उपस्थिति रहेको थियो।

    ‘देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवतको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवतका सम्बन्धमा आवश्यक नीति बनाउन, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यअन्ततः सफल भएको छ। यसकार्यमा पछिल्लो समय प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने पहलकर्मिहरुलाइ विशेष धन्यवाद दिदै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यन्वयन भएको खुसीयालीमा यस वर्ष प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलाई आमन्त्रित गरि सम्मानित गर्ने बैठकले निर्णय गरेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै