काठमाडौं १० कार्तिक । बंगलादेशमा सम्पन्न बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियन कुमार लवटलाई बाजागाजा सहित नगर परिक्रमा गरि टाेखामा सम्मानित गरेको छ ।नेपाललाई प्रथम बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप-२०२३ को उपाधि दिलाएका टाेखा नगरपालिका वडा ३ निवासी तेक्वान्दो खेलाडी कुमार लवटलाई बिहीबार टाेखामा इन्द्रायणी दापा खलले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका दौरानमा टाेखा नगरपालिका वडा ३ स्थित सरस्वती मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच लवट सम्मानित भएका हुन् । सम्मानित युवा तेक्वान्दो खेलाडी कुमार लवट आयोजक श्री इन्द्रायणी दापा खलका सदस्य लामो समयदेखि खलमा आबद्ध बाजागाजा गुरु कृष्णलाल लवटका कान्छो छोरा हुन्। बंगलादेशमा सम्पन्न भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टुख्यः तेक्वान्दो डोजाङ टोखाका कुमार लवटले गोल्ड म्यादल सहित उत्कृष्ट खेलाडीको उपाधि समेत जितेका हुन । उनलाई कार्यक्रम प्रमुख अतिथि टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले खाडा ओदाइ सम्मान पत्र प्रदान गरेका हुन् ।


टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले प्रथम बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप-२०२३ को उपाधि दिलाएका तेक्वान्दो खेलाडी कुमार लवटलाई व्यक्तिगत तर्फबाट प्रोत्साहन स्वरुप नगद रु १० हजार समेत हस्तान्तरण गर्नुभएको हो । अक्टोवर १९ देखि २१ सम्म बंगलादेशको सभर, ढाकामा आयोजित प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रले सहभागिता जनाएको उक्त प्रतियोगितामा लवटले १७-३५ उमेर समूह ६८ केजि तौलतर्फ क्योरूगी फाइटमा सो उपाधि हात पारेका हुन ।
त्यस्तै, संयोग खड्का क्योरुगीको अन्डर १० उमेर समूह ३० केजि तौल र अन्डर १२ ,४० केजि तौल महिलातर्फ दोस्रो उपाधी जितेका सुसन्ध्या खड्कालाई खाडा ओदाइ सम्मान पत्र प्रदान गरेका हुन् । जुनियर तर्फबाट दोस्रो भएका संयोग खड्का र सुसन्ध्या खड्कालाई टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले प्रोत्साहन स्वरुप नगद रु ३/३ हजार हस्तान्तरण गर्नुभएको हो । खेलाडीलाई नगर परिक्रमा , बधाई तथा शुभकामना कार्यक्रम आयोजक श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खलका सचिव सानुराज डंगोलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका बिशिस्ट अतिथि टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले टाेखा स्थानीय युवा कुमार लवटले अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेर टाेखाको सांस्कृतिक खलपुच: लगायत समग्र टाेखादेखि समग्र नेपाल सम्मको शिर उच्चो पार्दिएको बताउदै खेलाडी कुमार र खेलाडी भाइबहिनी तथा सम्पुर्ण खेल जगतलाई प्रोत्साहन गर्ने महानुभावहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि पुर्व टाेखा सरस्वती गाविस अध्यक्ष बाबुलाल डंगोलले टाेखाले एक जना स्वर्ण पदक बिजेता छोरा पाएको छ टाेखाको सान माथी उठेको छ तसर्थ उहाँले योसंगै टाेखाको पनि जित भएको बताउनुभयो । आगामी दिनमा भाइको पाइलाहरु सहि पथमा आउन सकोस् भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभयो।

कार्यक्रमका बिशिस्ट अतिथि टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले आज लवट परिवारले एउटा अन्तर्राष्ट्रिय खेल क्षेत्र सफलता हात हासिल गरेर राम्रो भुमिका निर्वाह गर्नुभएको बताउनुभयो। कुमार लवटलाई आगामी दिनमा अन्य राम्रो गति लिओस , राम्रो खालको पाइला चालोस् , आफ्नो लागावलाई निरन्तर अगाडि बढाइ राखोस् भन्दै हार्दिक बधाई तथा शुभकामना दिदै विशेष गरि कुमार लवट लगायत लवट परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिदै अध्यक्ष श्रेष्ठले आयोजक इन्द्रायणी दापा खल,भगवती ब्रास बैंण्ड , विभिन्न खलपुचका साथीहरूले यो वातावरण मिलाइदिनुभएकोमा धन्यवादको पात्र भएको बताउनुभयो ।

टाेखा नगरपालिका वडा २ का वडासदस्य अमर डंगोलले तेक्वान्दो खेल कुमार लवटले आफ्नो देश नेपाल र टाेखाको नाम चिनाउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना दिदै आगामी दिनमा निरन्तर सफलताको लागि सधै साथ र सहयोग रहने बताउदै आफ्नो व्यक्तिगत , टाेखा नगरपालिका वडा २ र टाेखा नगरपालिकाबाट सम्मान प्रोत्साहन गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले तेक्वान्दो खेलाडी कुमारभाइले बंगलादेशमा हासिल गरेको सफलताले सम्पुर्ण टाेखा निवासी युवाहरूलाई एउटा प्रेरणा मिलेको बताउनुभयो । यस्तो खेलकुद प्रतियोगितामा सफलताले प्रेरणा मिल्नेछ, यसबाट युवाहरूलाई दुर्वसनी र कुलतमा लागेका युवाहरूलाई पनि प्रेरणा मिलोस भन्दै शुभकामना दिनुभयो ।

वडाअध्यक्ष रमेश डंगोलले टाेखा वडा ३ र टाेखा नगरपालिकाबाट यश खेल जगतमा उच्च उथानको लागि स्वर्ण पदक बिजेताहरुलाई कार्यपालिकाको बैठकबाट उहाँले गरेको योगदानको कदर गर्दै सक्दो नैतिक भौतिकरूपमा सहयोग गर्ने बाचा गर्नुभयो ।
इन्द्रायणी दापा खल टाेखाका पुर्व अध्यक्ष सुर्यमान डंगोलले संचालन गर्नुभएको कार्यक्रममा खलका अध्यक्ष तथा कार्यक्रमका सभापति नाति डंगोलले कार्यक्रमको समापन गर्नुभएको थियो । खेलाडी नगरपरिक्रमा , बधाई तथा शुभकामना कार्यक्रममा टाेखा नगरपालिका वडा ३ का सदस्यत्रय हरिकृष्ण श्रेष्ठ , हरि भक्त श्रेष्ठ , दलित महिला सदस्य देविमाया नेपाली , वडासचिव सानू श्रेष्ठ , राजनीतिकर्मिहरु गजराज श्रेष्ठ अष्टकुमार श्रेष्ठ , सुशान्त डंगोल ,इन्द्रायणी दापा खलका गुरुवर्ग,खलका पदाधिकारीहरु,टाेखा भगवती ब्रास ब्याण्ड , खेल प्रशिक्षकहरु,बुद्धिजीवीहरु खेलप्रेमि लगायतको उपस्थित थियो ।







