काठमाडौं ४ कार्तिक । टोखा-१ झोर टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ झोरले उपाधी जितेको छ। टोखा-३ भुत खेल चौरमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ) लाई ३-१ ले पराजित गर्दै साविक वडा ६ झोरले उपाधी हात पारेको । उपबिजेता साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ बनेको हो। बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथि टाेखा नगरपालिकाका कार्यबाहक मेयर, उपप्रमुख मुरारी तामाङले मेडल ,शिल्ड ,नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए। टोखा नगरपालिका १ नं. वडा कार्यालयको आयोजना तथा लालबारी युवा समुहको सह-आयोजनामा गत असोज १७ गते देखि संचालित फुटबल प्रतियोगिता साविक झोर महाँकाल गा. बि. स. को साविक वडाहरु १ देखि ९ सम्मका ९ वटा टिमहरु सहभागी भएका थिए । फाइनल खेलको ३० औ मिनेटमा साविक वडा ६ झोरका आदर्श लामाले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा टुङ्गिएको खेलको दोस्रो हाफको ४४ औं मिनेटमा आत्मघाती गोल भएपछी साविक वडा ६ झोरले अग्रता दोब्बर बनाएको थियो ।

त्यस्तै खेलको औ ५९ मिनेटमा पुन आदर्श लामाले टिमको लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको अन्तिम समयतिर साविक वडा ४ ले १ सान्त्वना गोल फर्काएका थिए । प्रतियोगितामा कुल ३ गोल गरेका आदर्श लामाले गोल्डन बुटको उपाधी हासिल गरे । भने बेस्ट प्लेयरको उपाधी साविक वडा २ का डिफेन्डर सागर डङ्गोल र बेस्ट गोल किपरको उपाधी साविक वडा ६ झोरका गोल रक्षक सोनाम तामाङ्ले प्राप्त गरेका थिए । प्रतियोगितामा समुह ए र समुह बि गरि दुई समुहमा बिभाजन गरिएको टिममा समुह ए मा साविक वडाहरु ४,६,७,८ र १ को टिम रहेका थिए भने समुह बि मा साविक वडाहरु ९,३,२ र ५ को टिम रहेका थिए । कार्यक्रममा बिशिस्ट अतिथीहरु टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसि ,टाेखा नगरपालिका वडा १ का पुर्व अध्यक्ष श्रीकृष्ण अधिकारी ,टाेखा वडा १ का अध्यक्ष रमेशकुमार लामिछाने , नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद अधिकारी , टाेखा वडा १का सदस्यहरु , लगायत नेपाली काङ्ग्रेसका झोरका प्रतिनिधिहरु , बुद्धिजीवी , समाजसेवी , तथा खेल प्रेमिहरुको उपस्थिति रहेको थियो ।





