• TOKHA LIVE

    • १९ आश्विन २०८०, शुक्रबार ०३:१६

    शनिवार टाेखा साहित्य दबूको सहयोगमा लायन्स क्लबको रक्तदान

    काठमाडौं २०८० असोज १८, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५, एस नेपाल एरिया १ र काठमाडौं मोडेल अस्पतालको संयुक्त आयोजना तथा टाेखा साहित्य दबूको सहयोगमा रक्तदान कार्यक्रम हुने भएको छ। भोलि असोज २० गते शनिवार टाेखा नगरपालिका ३ वडा स्थित टाेखाको मुल गेट (मु: ध्वाखा)मा रक्तदान हुनलागेको हो। उक्त रक्तदान कार्यक्रममा स्वास्थ्य परिक्षणको साथ साथै स्वास्थ्य सेवा उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन् । रक्तदान कार्यक्रममा , स्वास्थ्य जाचको स्वास्थ्य शिविर अन्तर्गत , मेडिकल, सर्जिकल, अर्थोपेडिक, गाइनेकोलोजी, पेडीयट्रिक , पाठेघरमुखको क्यान्सर जाच, स्तन क्यान्सर,मधुमेह( सुगर) ब्लडप्रेसर , पेटको क्यान्सर र एन्टिबायोटिक सम्बन्धि सचेतना कार्यक्रम लगायत विभिन्न किसिमका मनोबैज्ञानिक परामर्श सेवा समेत उपलब्ध हुने बताइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै