• TOKHA LIVE

      TOKHA LIVE

    • ७ श्रावण २०८०, आईतवार ०३:०५

    क्रीकेटमा खुशीयाली छाउदै खुशी

    – सानुराज डंगोल

    असोज ६ काठमाडौं : नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान गरेका छन् । अन्य खेलाडीलाई पछि पार्दै उनी नेपालबाट एक्लो छनौट भएका हुन् । खुशीसँगै बंगलादेशकी नुजात सबा फिरदौस र श्रीलंकाका थरुशी फर्नान्डो पनि समेटिएकी छिन् । खुशीले भनीन् दराजद्वारा यस पहलका लागि चयन हुन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।म अझै पत्याउन सक्दिन! म 19 औं एसियाली खेलकुदका लागि हांग्जाउ जाँदैछु, र @daraz_np द्वारा यस पहलका लागि चयन भएको पाउनु ठूलो सम्मानको कुरा हो। मसँग बंगलादेश र श्रीलंकाका दुई अन्य महिला क्रिकेट खेलाडीहरू सामेल हुनेछन्, र सँगै, हामी प्रत्यक्ष क्रिकेट खेलहरू हेर्न एशियाली खेलहरूमा भाग लिनेछौं। मैले संसारका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत रूपमा यस्तो भव्य अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने मौका पाउँछु भनेर सोचेको थिइनँ। म पक्का छु कि यो अनुभवले मलाई एक भन्दा बढी तरिकामा बढ्न मद्दत गर्नेछ। यो मेरो पहिलो पटक हो कि म एक्लै विदेश यात्रा गरेको छु र मैले पहिलो पटक अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष देखेको छु! यो अविश्वसनीय अवसरको लागि म दराजप्रति मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु, र यस यात्रामा तपाईंको अटल सहयोगको लागि @cricketassociationofnepal लाई धेरै धेरै धन्यवाद!

    सांस्कृतिक संरक्षित क्षेत्र ,टाेखा सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष तथा सम्पदा अभियन्ता देवराज डंगोल   र शोभा डंगोलकी माइली छोरिको रुपमा बि.सं. २०५९ बैशाख २२ गते जन्मिएकि हुन् खुशी डंगोल। खुशी डंगोलको परिचय भनेकै क्रीकेटले दिएको नाम नै काफी छ। यति मात्र होइन अझ खुशी डंगोलले कम उमेरमै आफ्नो बलबुटाले भ्याएसम्म नेपाली महिला क्रीकेटमा जुन सफलता पाइन् , त्यो आफ्नो जन्मेको ठाँउमा उभिएको धरातलको उदाहरणीय खेल व्यक्ति हुन् भन्दा फरक नपर्ला। खुशी डंगोलले एसइई परिक्षामा A± Grade सहित स्कुलमा सर्वोत्कृष्ट भएकी खुशी डंगोललाई स्कुलमै आधारभूत क्रीकेट तालीम दिएको दुई वर्षमै साग(South Asian Game)का लागी महिला राष्ट्रिय क्रीकेट टाेलीमा छनौटमा समेटिनु नै ठुलो उपलब्धि थियो। त्यो ठुलो सफलता हासिल गर्न खुशीले अथक मेहनत र निकै परिश्रम गरेको बताइन् । नेपाली महिला राष्ट्रिय क्रीकेटको सिनियर टिममा पर्दा त्यतिबेला खुशीलाई धेरै खुशी भएको बताइन् ।

    खुशी डंगोलले टाेखा स्थित एपि स्कुलमा ९ कक्षामा पढ्दै गर्दा प्रदेश ३मा आयोजना भएको अन्तर विद्यालय क्रीकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक रबिन जोशीले काठमाडौंको टाेलीमा खेलाउन सिफारिस गरेका थिए। खुशी डंगोलको राष्ट्रियस्तरको खेलयात्रा यहीँबाट सुरुवात भएको हो। २०७६ सालमा राष्ट्रिय क्रिकेटमा रेकर्ड बनाएकी उनी पढाइ र क्रिकेटलाई सँगसँगै अघि बढाइरहेकी छन् । विद्यालयमा एसईई टप गरेपछि विज्ञान संकाय लिएर पढोस् र इन्जिनियर बनोस् भन्ने उनका अभिभावकको चाहना थियो । दाङको लमहीमा भएको आठौं राष्ट्रिय क्रिकेट प्रतियोगितामा खुसी बागमती प्रदेशबाट १५ जनाभित्र परेकी थिइन्, तर उनले त्यस खेलमा भने खेल्न पाइनन् । महेन्द्रनगरमा भएको प्रधानमन्त्री कपमा डेब्यू गर्दा उनले बिना कुनै रन खर्चेर ५ विकेट लिएकी थिइन् । यो घरेलु प्रतियोगितामा बनेको उनको राष्ट्रिय कीर्तिमान हो । बागमती प्रदेशमा लेग स्पिनबाट आफ्नो राम्रो प्रभाव बनाइरहेकी खुसी घरेलु क्रिकेटमा २०१९ यता सर्वाधिक विकेट लिने महिला खेलाडी पनि हुन् । उनले २०१९ बाट हालसम्म घरेलु क्रिकेटमा २२ विकेट लिएकी छिन् ।‘प्रधानमन्त्री कपमा बेस्ट बलर पाएपछि मलाई घरमा सम्झाएर व्यवस्थापन संकाय पढ्दै क्रिकेट पनि अगाडि बढाउन सहज भयो’, उनले भनिन् । उत्कृष्ट बलर भएपछि २०७६ मा जगत टमटाको प्रशिक्षणमा उनी पहिलो पटक टिममा परिन् । ‘म पहिलो पटक क्याम्पमा पर्दा सिक्ने मानसिकताको साथमा आएकी थिएँ ।

    म टिममा पर्नै पर्छ भन्ने थिएन, तर दोस्रो पटक क्याम्पमा पर्दा टिममा नै पर्ने गरी आउँछु भन्ने सोच थियो, सोचेजस्तै भयो’, खुशीले सम्झिइन् ।  २०७५ ,चैतमा नेपालगन्जमा भएको अाठौं राष्ट्रिय खेलकुदमा खेल्ने मौका गुमाए पनि खुशी डंगोलले प्रदेश ३ को प्रतिनिधित्व गर्ने टाेलिमा अटाएकि थिइन् ।त्यस्को लगत्तै राष्ट्रिय खेलकुद परिषद् को आयोजनामा काठमाडौंमा भएको” प्रधानमन्त्री कप २०७६ ” मा सहभागी भै खुशी डंगोलले पहिलो खेलमा ५ विकेट तथा दोस्रो खेलमा १ विकेट गरि कुल ६ विकेट लिदै राष्ट्रिय टाेली तर्फको यात्रा अगाडि बढाएकी थिइन् ।खुशीले नेपालको प्रतिनिधित्व गरि चीनमा आयोजना भएको “Inaugral Belt and Road 2019 Cup T20 -W U19” मा महिला राष्ट्रिय क्रीकेट टाेलीमा सहभागी जनाएकी थिइन्। त्यतीबेला नेपालले महिला राष्ट्रिय क्रीकेट टाेलीले कास्य पदक प्राप्त गरेको थियोे । पढाइ र खेलकुदमा उतिक्कै अबल खुशी डंगोलले प्राप्त गरेको यो उपलब्धिका कारण अभिभावक पनि शिक्षा संगै क्रीकेट करियरलाई पनि अघि बढाउन प्रेरणा दिन्छन् ।

    राष्ट्रिय क्रीकेट पुर्व कप्तान पारस खड्कालाई आदर्श मान्ने खुशी डंगोललाई राष्ट्रिय क्रीकेट खेलाडी इन्दु बर्मा , सिता राणामगरको ब्याटिङबाट प्रभावित छिन् । गत अगस्ट महिना नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको थियो।नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीमा खुशी डंगोल पर्न सफल भएकी थिइन् ।अगस्टमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपाल जित्दा खुशी डंगोलको महत्त्वपूर्ण ३ विकेट समावेश थिए । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको  फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक÷एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।नेपाली महिला क्रिकेट टिमकी उदीयमान खेलाडी खुशी नेपाली महिला क्रिकेटरलाई एक्सपोजर आवश्यक रहेको बताइन् । ‘नेपालका खेलाडी प्राविधिक रुपमा निकै अब्बल र सक्षम छन् तर उनीहरुलाई ठूला टिमसँगको म्याच एक्सपोजरको खाँचो छ ।’नेपाली महिला टिम निकै सम्भावना बोकेको टिम हुनाले एउटा उचित मार्गदर्शक र खेलहरु हुने हो भने महिला टिमले छिट्टै विश्वकप खेल्ने क्षमताको हुने खुसीले बताइन् ।’हामी मेहनती पनि छौ, हामीलाई एउटा उचित मार्गदर्शक र जतिसक्दो धेरै घरेलु र अन्तर्राष्ट्रिय खेलहरु चाहिएको छ ।’ उनले भनिन्, ‘२०१९ यता मैले खेलेको क्रिकेटको शैली एउटै छ ।

    प्रशिक्षण प्रविधि एउटै छ तर देविका -भारतीय ब्याटिङ प्रशिक्षक) म्याम आएपछि हामीले छोटो समयमा पनि धेरै कुरा सिक्ने र सच्चिने मौका पायौं ।’ ‘विश्वकप खेल्ने रहर छ । त्यसका लागि हामी सक्षम पनि छौं । पूरै वर्ष एकै ठाउँमा बसेर हामीले खेल्ने र सिक्ने मौका पायौं भने नेपाली महिला टिमले धेरै नै छिटो विश्वकप खेल्न सक्छ ।आगामी दिनमा नेपाली महिला क्रिकेटलाई पनि वर्षै भरी विदेशी प्रशिक्षक र खेल खेल्ने माहोल मिलेको खण्डमा नेपाली टिमले विश्वकप खेल्नेमा खुसी विश्वस्त छिन् उनी ।  बत्तीस पुतलीसडक स्थित गोल्देनगेट ईन्टरनेशनल कलेज ±2 सकाइसकेकीखुशी डंगोलले सधै अरुको भर नपरिकन आफुले केहि चेन्ज गरिदेखाउनु सक्नुपर्छ “उनले बताइन् । आफुले खेलमा तिब्र इच्छा छ गर्छु भनेर पनि पुग्दैन भेरी फ्यामली सपोर्त पनि उत्तिकै हुनु पर्यो नि! त्यसमाथी फिटनेस आफुले मात्रै मेन्टेन गर्न सक्दैन अझ क्रीकेटमा लागेको लाई बल,ब्याट पन्जा मिडलक्लास फ्यामलिले पुरा गर्न गाह्रो छ”- उनले भनिन् । बुबाले पहिला पढाईलाई पुरा गर्न भन्नु भएको छ ।जब मैले क्रीकेटमा अलि प्रगति हासिल गरे वहाँहरु पनि निक्कै खुशी हुनुहुन्छ -” उनि भन्छिन।” मैले क्रीकेट खेलको विकास र बिस्तारलाई ध्यान दिने छु ।   आफुले सक्दो क्रीकेटमा राम्रो गर्ने छुँ । जहाँ खेल हुन्छ म क्रीकेटलाई निरंतरता दिनेछु । खुशीले स्पोर्ट्स म्यानेजमेन्ट पनि पढ्ने इच्छा भएको पनि बताइन् ।” म क्रीकेटबाट टाढा रहन सक्दिनँ उनि भन्छिन्। क्रीकेटबाट जुन माया र नाम पाएको छु त्यो अरु क्षेत्रमा लागेको भए सायदै पाउथें होला । क्रीकेट मेरो लागि एक परिवारको रुपमा रहेको छ ।

     आफ्नो भविस्यको दाउमा राखेर खेलकुद मार्फत राष्ट्रको प्रतिनिधित्व गरिरहेका खेलाडीहरुको भविस्य सुनिस्चित गर्न सम्बन्धित निकायको ठोस योजना लिएर आउन आवश्यक छ।क्रीकेटबाट जुन माया र नाम पाएको छु त्यो अरु क्षेत्रमा लागेको भए सायदै पाउथें होला । क्रीकेट मेरो लागि एक परिवारको रुपमा रहेको छ । यसले मलाई अगाडी बढ्न धेरै मदत पुगेको छ । मैले क्रीकेट बाहेक अरु जीवनमा केहि पनि सोचिन । क्रीकेट बिना मेरो जिन्दगी पूरा हुन पनि सक्दैन । मलाई यस अवस्थामा पुर्याउन विशेष सहयोग पुर्याउनुहुने मम्मी, ड्याडी ,मेरो दिदि ,भाइ,मेरा आफन्तहरु, सम्पुर्ण गुरुहरु र नेपाल महिला क्रीकेट टिम र नेपाल क्रीकेट संघलाई विशेष धन्यवाद दिन चाहान्छु – उनि भन्छिन।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै