• TOKHA LIVE

      TOKHA LIVE

    • ७ श्रावण २०८२, मंगलवार १८:१८

    टोखा नगरपालिकाबाट कर छुटका आकर्षक सुविधाहरू : समयमै तिर्नेले पाउँछन् विशेष छुट

     

    काठमाडौं, २०८२ साउन ६/

    “कला, संस्कृतियुक्त, स्वच्छ र समुन्नत टोखा नगर” को लक्ष्यसहित अघि बढिरहेको टोखा नगरपालिकाले करदाताहरूका लागि अत्यन्तै राहतदायी सूचना सार्वजनिक गरेको छ। नगरपालिकाको राजस्व उपशाखाबाट जारी सूचनामा विभिन्न कर र शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।

    नगरपालिकाले नियमित कर तिर्ने बानीलाई प्रोत्साहन गर्न, करदातालाई सहज बनाउने तथा नगरपालिका र सेवाग्राहीबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कर छुट योजना सार्वजनिक गरेको हो।

     छुट योजना संक्षेपमा:
    १. सम्पत्ति, व्यवसाय तथा वार्षिक बहाल कर
    – साउन र भदौ महिनामा तिर्नेले २०% छुट
    – असोज र कात्तिकमा तिर्नेले १५% छुट
    २. पुरानो/अनियमित कर तिर्नेहरूका लागि:
    – साउनदेखि कात्तिकभित्र तिरेमा १५% छुट
    ३. महिला उद्यमीको व्यवसाय:
    ५०% व्यवसाय कर छुट
    ४. नगर उद्योग दर्ता ऐन २०८० अनुसार दर्ता भएका उद्योगहरू
    – व्यवसाय कर सम्बन्धी छुट व्यवस्था लागू
    ५. ५० लाख रुपैयाँभन्दा बढी सम्पत्ति कर बक्यौता भएकाले असोज मसान्तभित्र तिर्दा:
    ४०% छुट
    ६. २०७८/७९ सम्मको कर तिर्न बाँकी भएमा, चालु आर्थिक वर्षको पुस मसान्तभित्र तिर्दा:
    – सो अवधिसम्मको जरिवाना मिनाहा
    ७. अनधिकृत संरचना नक्सापास गर्न चाहने सेवाग्राहीलाई:
    – कात्तिक मसान्तभित्र निवेदन दिँदा ७५% जरिवाना छुट
    ८. सवारी पार्किङ प्रयोजनका लागि भवन बनाउनेलाई:
    – प्रयोग हुने क्षेत्रको ७ वर्षसम्म सम्पत्ति कर छुट
    ९. सूचिकृत फर्महरूलाई सूचीकरण शुल्क:
    निशुल्क, तर आवश्यक कागजात पेश गर्नु अनिवार्य
    कर तिर्न आवश्यक पर्ने कागजातहरुः
    • राष्ट्रिय परिचयपत्र र नागरिकता
    • सम्पर्क नम्बर
    • नक्सापास वा निर्माण सम्पन्न प्रमाण
    • जग्गाधनी प्रमाणपुर्जा
    • बहाल सम्झौता (यदि छ भने)
    • अघिल्लो कर रसिद
    • सञ्चालकको फोटो र छाप

    नगरपालिकाले सबै करदातालाई समयमै कर तिरी छुट सुविधा लिई विकास निर्माणमा सहकार्य गर्न आग्रह गरेको छ। वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै