• TOKHA LIVE

    • १२ जेष्ठ २०८०, शुक्रबार ०८:२४

    सपनातिर्थ धां खल:द्वारा टाेखामा इतिहास राख्न सफल

     

    टाेखालाइभ/टाेखाको सांस्कृतिक समुह श्री सपनातिर्थ धां खलद्धारा प्रशिक्षण गरिएको धां बाजा पिदनेगु ज्याझ्व:सम्पन्न भएको छ।
    सपनातिर्थ धां खल:द्वारा प्रशिक्षण दिएको प्रशिक्षित महिला प्रशिक्षार्थीहरुलाई शनिबार टाेखाको नात्येश्वरि (नासद्य:)मन्दिरमा विशेष पुजाआजा गरि विशेष प्रस्तुतीका साथ धां बाजा प्रदर्शन गरिएसंगै ऐतिहासिक सांस्कृतिक टाेखा नगर परिक्रमा गरिएको हो। जसलाई नेवारी भाषामा ‘बाजा पिदनेगु’अर्थात बाजा बजाउनेहरुलाई प्रस्तुति सहित प्रदर्शन गर्ने भनिन्छ। धां बाजामा महिला दिदिबहिनीहरुको आगमन टोखामा यो नै पहिलो भएको टाेखाका मुल नाइके हेमराज श्रेष्ठले बताउनुभयो। योसंगै टोखाको लागि सपनतिर्थ धां खल:ले एक गौरवमय इतिहास राख्न सफल भएको छ।

    धां बाजालाई गुंला बाजा पनि भनिन्छ ।जुन बाजा नेवार समुदायमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । हिजोआज धां बाजामा महिला दिदीबहिनीहरुको आकर्षक उपस्थितिले हाम्रा चाडपर्व लगायत सांस्कृतिकपर्व निकै संगितमय हुँदै गइरहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै