टाेखामा १६ औं गणतन्त्र दिवस भब्यतापुर्वक मनाइयो (फाेटाे फिचर)
टाेखालाइभ / जेठ १५
टाेखा नगरपालिका वडा ३ मा आज १६ औं गणतन्त्र दिवस भब्यताका साथ मनाइएको छ।
टाेखा नगरपालिका वडा ३ को आयोजनामा टाेखा वडा ३ प्राङ्गणमा सो कार्यक्रममा प्रमुख अतिथि टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोलले पानसमा दिप प्रज्वल गर्दै १६ औं गणतन्त्र दिवसको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोल , नेकपा एमाले टाेखानगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोल ,नेपाली कांग्रेस टाेखानगर सभापति ओमकृष्ण बिमलि,टाेखा वडा ३ का सचिव सानू श्रेष्ठ , टाेखा वडा ३ का वडा सदस्यहरु शान्ता राई , हरिकृष्ण श्रेष्ठ ,हरिभक्त श्रेष्ठ , देविमाया नेपाली ,पुर्व गाविस अध्यक्ष बाबुलाल डंगोल ,राजनीतिकर्मी गजराज श्रेष्ठ पुर्ववडा सदस्य हरिमान श्रेष्ठ , सरस्वती स्वास्थ्य चौकीका स्वास्थ्य स्वयंसेविकाहरु, बुद्धिजीवीहरु विद्यार्थीभाइबहिनीहरु लगायत जनलहरहरुको उपस्थिति रहेको थियोे ।


