• TOKHA LIVE

    • १७ असार २०८०, आईतवार ०६:४७

    टोखा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम सम्पन्न

     

    टाेखालाइभ / २०८०/असार ११

    टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम टोखा सदभाव व्याङ्क्वेटमा एक कार्यक्रम गरी सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ का लागि टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु सर्वसमतले पारित गरेको हो ।

    आइतबार नगर प्रमुख अधिकारीको अध्यक्षतामा सद्भाव व्याङ्क्वेट सम्पन्न नगरसभाको अधिवेशनमा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय प्रमुख शेर बहादुर बि‍.सी., कार्यपालिका सदस्य, ११ वटै वडाका वडा अध्यक्षहरु र जनप्रतिनिधिहरु तथा कर्माचारीहरुको उपस्थिति रहेको थियो ।

    अधिवेशनमा लेखा, सुशासन, न्यायिक समिति लगायतका विषयगत समितिका संयोजकहरुले प्रगती विवरण प्रस्तुत गरेका थिए । भने नगरप्रमुख तथा विषयत समितिले प्रस्तुत गरेका विषयमाथी उपस्थित कार्यपालिका सदस्यहरुले आफ्ना राय, गुनासा तथा सुझाव राखेका थिए । नगरपालिकाले आ.व २०८०/८१ को बजेट घोषणा आगामी असार १४ गते गर्ने भएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै