• TOKHA LIVE

    • १३ श्रावण २०८०, शनिबार ०२:४३

    टोखा नगरपालिकाको बजेट १ अर्व ८८ करोड

     

    टाेखालाइभ /असार १४ काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट बिहीबार विनियोजन गरेको छ । टोखा नगर उपप्रमुख मुरारी तामाङले १३ औं नगरसभाको दोस्रो बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ ६२ करोड ३ लाख ७० हजार र पुँजीगततर्फ १ अर्ब २५ करोड ९६ लाख ३० हजार रुपैयाँ छ ।आगामी आर्थिक वर्षको लागि व्यहोर्ने स्रोततर्फ संघीय मार्फत ५३ करोड ७३ लाख ७८ हजार, प्रदेश सरकार मार्फत ११ करोड ५९ लाख २७ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत २७ करोड, आन्तरिक एवं अन्य आयबाट २४ करोड ५२ लाख ९५ हजार, राजस्व बाँडफाँड (विभाज्य कोष)बाट १४ लाख, जन सहभागिताबाट १ करोड, र चालू आ.व. बाट अल्या हुने रकम ७० करोड व्यहोरिने छ । कुल बजेटको चालुतर्फ ३२ दशमलव ९९ प्रतिशत र पुँजीगततर्फ ६८ दशमलव ०१ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै