• TOKHA LIVE

      TOKHA LIVE

    • ५ श्रावण २०८०, शुक्रबार २०:२३

    राष्ट्रिय सेपाकताक्रो खेलाडी सुमित्रा डंगोललाई टोखामा सम्मान

     

    टाेखालाइभ | श्रावण ६, 

    नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मैदानमा चम्काउने टोखा निवासी सेपाकताक्रो खेलाडी सुमित्रा डंगोल आज आफ्नै शहर टोखामा सम्मानित भएकी छन्।

    अनेरास्ववियु टोखा नगर कमिटीको अधिवेशन अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सुमित्रालाई सम्मान–पत्र प्रदान गर्दै गौरवको अनुभूति दिलायो।

    कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य तथा विशिष्ट अतिथि नारायणभाइ श्रेष्ठले सुमित्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो। सोही अवसरमा अर्को विशिष्ट अतिथि तथा सम्पदा अभियन्ता मनिराज डंगोलले सुमित्रालाई प्रोत्साहन स्वरूप रु. १०,००० को चेक प्रदान गरे।

    गत असार २४ देखि ३१ सम्म थाइल्यान्डमा सम्पन्न SEPAKTAKROW Kings Cup World Championship (सेपाकताक्रो किङ्स कप विश्वकप) मा सहभागी हुँदै सुमित्राले नेपाललाई कास्य पदक दिलाएर देशको गौरव बढाएकी हुन्।

    टोखाकी छोरी सुमित्राले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको उत्कृष्ट प्रदर्शन र समर्पण आज टोखा बासीको गौरव बनेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै