• TOKHA LIVE

    • ८ श्रावण २०८०, सोमबार २०:१०

    अनेरास्ववियु टोखा नगरकमिटिको अध्यक्षमा अनीस डंगोल चयन

     

    टाेखालाइभ/ श्रावण ८,२०८०

    श्रावण ६ गते शनिबार अनेरास्ववियु टाेखा नगर कमिटीको दोस्रो अधिवेशन भव्य ताका साथ सम्पन्न भएकाे छ। अनेरास्ववियु टोखा नगरकमिटिको अध्यक्षमा अनीस डंगोल चयन भएका छन । शनिबार टोखामा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डंगोल सहित १७ जनाको कमिटि गठन भएको हो ।

    टोखा नगरकमिटिको उपाध्यक्षमा दिपशिखा दाहाल , सचिवमा संजिता थापा , सहसचिवमा सिता श्रेष्ठ र बिनिता डंगोल ,कोषध्यक्षमा पुकार मर्हजन रहेका छन । त्यस्तै कार्यसमितिका सदस्यहरुमा सुदिप पंण्डीत , पबित्रा नेपाली , प्रकृति नेपाली , सगुन मानन्धर , निराकार श्रेष्ठ , प्रनिता डंगोल , बिनोद श्रेष्ठ , प्रशान्त डंगोल , मनिता डंगोल , मनिराज श्रेष्ठ , सोमी डंगोल रहेका छन ।

    कार्यक्रमका सभापति टाेखा नगर अध्यक्ष प्रशान्त डंगोलले अनेरास्ववियुकाे स्थापना हुनुकाे मुल उदेश्य जहानिया राणा सासनकाे अन्त्य गर्न विद्यार्थीहरुकाे सशक्त माेचाबन्दि गर्न नेकपा एमालेले स्थापना गरेकाे २२अ‍ौं भतृसंगठन हाे ।अनेरास्ववियु स्थापना काल देखिनै विद्यार्थीहरुकाे हकहितकाे लागि अावाज बुलन्द पार्दै सडक संघर्ष गर्दै अाइरहेकाे संगठन भएकाे बताए ।

    कार्यक्रममा नेकपा एमाले टोखा नगर कमिटि ईन्चार्ज रामकृष्ण श्रेष्ठ , नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य नारायणभाइ श्रेष्ठ, नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य मनिराज डंगाेल,काठमाडौं जिल्ला कमिटीका सदस्य राधेश्याम श्रेष्ठ,बेखानारायण डङ्गोल, अनेरास्ववियु केन्द्रिय सचिव दिपेश प्रसाई , केन्द्रिय नेताहरु संगम अर्याल ,शोभा सापकोटा थापा , राजकुमार ढकाल, विशाल न्यौपाने ,डम्बर खड्का, रबि मगर नेता कार्यकर्ताहरु लगायत टोखा नगरपालिका वडा नम्बर ३ का सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, देविमाया नेपाली समेतको उपस्थीती रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै