• TOKHA LIVE

      TOKHA LIVE

    • ८ श्रावण २०८०, सोमबार २०:०५

    टाेखाको चाकु संस्कृतिको संरक्षणका लागि सांसद प्रदीप पौडेलसँग सार्थक संवाद

     

    टोखा, श्रावण ८/ टोखालाइभ

    टोखा नगरको गौरवमय परम्परा, ‘टोखा चाकु’लाई जगेर्ना गर्न समर्पित टोखा परम्परागत चाकु संरक्षण समाजकाठमाडौं क्षेत्र नं. ५ का माननीय सांसद प्रदीप पौडेलबीच आइतबार एक विशेष भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भयो।

    टोखाको ऐतिहासिक र मौलिक पहिचान बोकेको चाकु व्यवसायको दिगो विकास र संरक्षणका लागि समाजका पदाधिकारीहरूसँग सांसद पौडेलबीच विभिन्न महत्त्वपूर्ण विषयमा छलफल भएको समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए।

    छलफलमा चाकुको गुणस्तरीय उत्पादन, वैज्ञानिक प्रयोगशाला (ल्याब) स्थापना, चाकुको ब्रान्डिङ, स्तम्भ निर्माण, लेबलिङ प्रणाली, कच्चा पदार्थ उत्पादनस्थलको निगरानी, स्मारिका चाकु ‘०७८’को प्रचार–प्रसार, रोजगारी सिर्जना तथा बैकिङ सहुलियतजस्ता बहुपक्षीय विषय उठान गरियो।
    सांसद पौडेलले ल्याब, ब्रान्डिङ र बैकिङ जस्ता क्षेत्रहरूमा आफू प्रत्यक्ष रूपमा जिम्मेवारी लिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, उपाध्यक्ष बुद्ध श्रेष्ठ, महासचिव रामराज श्रेष्ठ, सचिव राजभाइ श्रेष्ठ, कोषाध्यक्ष सक्कली श्रेष्ठ, सदस्यहरू बाबुराज श्रेष्ठ, हंसराज श्रेष्ठ, फुलप्रसाद श्रेष्ठ, अमर श्रेष्ठ, राजकाजि श्रेष्ठ, सरोज श्रेष्ठ, राजु श्रेष्ठ, ज्ञानेश्वर श्रेष्ठ, अष्टकुमार श्रेष्ठ (नेपाली कांग्रेस सभापति), दुर्गा श्रेष्ठ, सन्तमाया श्रेष्ठ, गंगा श्रेष्ठ लगायत धेरैजसो पदाधिकारीको उपस्थिति थियो।

    टोखाको मौलिक संस्कृति र सिप–कला संरक्षणप्रति जनप्रतिनिधिको सक्रिय सहभागिता र चासोले समुदायमा नयाँ आशा र ऊर्जा थपेको समाजले जनाएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै