साउन ३, २०८२
आजको दिन सञ्चारकर्मी तथा समाजसेवी कुशल के.सी.का लागि एकदमै भावुक रह्यो। संचार चौतारी, क्राइम टिभी नेपालका संचालक, अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशल के.सी.ले आफ्नो जन्मदिन अफिसमै सहकर्मीहरूका साथमा मनाए।
नेवारी परम्पराअनुसार सुकुन्डामा बत्ती बाल्दै, अण्डा, मासु, वाफा र आयल-काजु सहितको सगुन ग्रहण गर्दै मनाइएको यो जन्मदिन केवल औपचारिकता मात्र थिएन, त्यो दिन उहाँका लागि भावनाले भरिएको गहिरो क्षण बन्यो।

सहकर्मीहरूको अनुसार, केही समय उहाँ आफैँमा अल्झिनु भयो—संघर्षका दिनहरू सम्झँदै, साथ दिने हातहरूको कदर गर्दै। आँखामा झल्किएको भावनाले वातावरणलाई अझ आत्मीय बनायो।
“सपना सजिलो छैन,” उहाँले सहज शब्दमा भन्नुभयो, “तर साँचो मनले गरेका कामहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।”
उहाँले शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्दै अगामी दिनहरूमा अझ प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो।
कुशल के.सी.को जीवनमा यस्ता पलहरू जहाँ आत्मीयता मिसिन्छ, भावना बोल्छ र सम्बन्ध गाढा हुन्छन्न्त्य।त्यहि जीवनको सार भेटिन्छ।
टाेखा लाइभ परिवारको तर्फबाट उहाँलाई जन्मदिनको शुभकामना सुस्वास्थ्य, दीर्घायू र निरन्तर सफलता प्राप्त होस् भन्ने कामना!
शुभ जन्मदिन कुशल के.सी.ज्यू!

