• TOKHA LIVE

      TOKHA LIVE

    • ११ श्रावण २०८०, बिहीबार ०५:३४

    आदिवासी जनजातिको हक अधिकार स्थापित गर्न नेपाली काँग्रेसले मात्र सक्ने महासङ्घका सभापति ओम घर्तीको दाबी

     

    टविना श्रेष्ठ
    श्रावण ११,२०८०

    आदिवासी जनजातिको हक अधिकार स्थापित गर्न नेपाली काँग्रेसले बाहेक अन्य पार्टीले नसक्ने लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका सभापति ओम घर्तीले दाबी गरेको छ । महासङ्घका सभापति घर्तीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ काठमाडौँद्वारा आयोजित लोकतन्त्र तथा आदिवासी जनजाति ` विषयक विचार गोष्ठी ´ मा ठोकुवा गरेको छ।

    महासङ्घका सभापति घर्ती अगाडि थप्छन् ` कम्युनिस्टहरूले आकर्षक नारा लगाउँदै भ्रमित गर्छन् , हक अधिकार दिने बेलामा पछाडि हट्ने गर्छन् । ´ संविधान निर्माणका बेला विशेष गरेर एमाले, माओवादीहरू आदिवासी जनजातिको हकमा पछि हटेको सभापति घर्तीको आरोप थिए।` वास्तवमा नेपाली काँग्रेस बिपीका पाला देखिनै आदिवासी जनजाति मैत्री थियो र छ,` उनले थपे,`आगामी दिनमा पनि आदिवासी जनजाति हकहितका लागि काँग्रेस पार्टी बाहेकले गर्दैन । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले गत असारमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट घोषणापत्र पार्टीलाई बुझाएको छ ।´ घोषणापत्र पार्टीले कार्यान्वयन गर्नेमा ढुक्क भएको सभापति घर्तीले बताएका छन्।

    महासङ्घका सभापति घर्तीले बिपीको चर्चा गर्दै व्यक्तित्व, स्वाभिमान र राष्ट्रियता थियो । अहिलेका कुनै पनि नेतामा नभएको सभापति घर्तीको भनाइ थिए ।भारतका तत्कालीन प्रधानमन्त्री जोहरुलाल नेरुले नेपाल, भुटान र सिकिमलाई कुनै पनि विदेशी शक्तिले आक्रमण गरे पनि त्यो भारतलाई गरेको सरह हुने अभिव्यक्ति दिएपछि बिपी प्रधानमन्त्री हुँदा विज्ञप्ति मार्फत अभिव्यक्ति सच्याउन आग्रह गरेका छन्।तत्कालीन प्रधानमन्त्री बिपीको आग्रहलाई आत्मसात् गर्दै भारतीय प्रधानमन्त्री नेरुले अभिव्यक्त गलत भएको स्वीकारेका महासङ्घका सभापति घर्तीको भनाइ थियो । उनले थपे ` बिपीले सार्वभौम नेपालमाथि अरूको दबदबा हुन नदिएको अर्को एउटा उदाहरण चाइनासँगको सीमा विवादमा माओ सेतुङलाई भनेर हल गरेका छन्।

    नेपाली काँग्रेसले ल्याएको आर्थिक नीति अनुसार अहिले गाउँ गाउँमा विकास पुगेको सभापति घर्तीले बताए। आर्थिक नीति अब समयानुकूल परिवर्तन गरेर पार्टी अगाडि बढ्नुपर्ने महासङ्घ सभापति घर्तीको भनाइ थियो। कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले बिपीका बारेमा चर्चा गर्दै आदिवासी जनजातिहरूको संरक्षण काँग्रेसले गर्ने बताएका छन्। प्रमुख अतिथि मन्त्री गुरुङले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ काठमाडौँलाई विशेष धन्यवाद समेत दिए।

    कार्यक्रममा बागमती प्रदेशका सांसद विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, नेपाली काँग्रेस महासमिति सदस्य सृजना सिंह, लोकतान्त्रिक महासङ्घ काठमाडौँका सभापति प्रवीण बहादुर भडेल, सचिव मोहन तामाङ लगायतले मन्तव्य राखेकाे थियो।कार्यक्रमका संयोजक विकास खड्गीको सभापति रहेको कार्यक्रमलाई लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ काठमाडौँका सचिव तेम्बा लामाले सञ्चालन गरेको थियो।

    गोकर्णेश्वर-५,जोरपाटीस्थित पिस ब्यांक्वेटमा सम्पन्न कार्यक्रमको र्‍याली चामुण्डा मन्दिरबाट सुरु भएको हो। विभिन्न झाँक्रीसहितको र्‍यालीमा सङ्घीय सांसद सन्तोष चालिसे, गोकर्णेश्वरका मेयर दीपक रिसाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सभापति ओम घर्ती, डिके शाही लगायतको सहभागी रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

  • छुटाउनुभयो कि? सबै