नविना श्रेष्ठ
टाेखा , श्रावण ३,२०८०/
काठमाडौ क्षेत्र नम्बर ५ का संघीय सांसद माननीय प्रदिप पौडेलको प्रमुख आतिथ्यमा, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र कार्यक्रमका सभापति शान्ता पौडेलबाट टोखा नगरपालिकाको वडा नम्बर ६ को नव निर्मित वडा कार्यालय भवनको आज समुद्घाटन कार्यक्रम सु- सम्पन्न भएको छ।
२०७८ श्रावण २२ गते प्रशासनिक भवनको शिलान्यास भने नगर प्रमुख प्रकाश अधिकारीले गर्नु भएको थियो। भने सो कार्यक्रम भवन निर्माण सम्पन्न पछि आज समुद्घाटन गरिएको हो । आजको कार्यक्रममा पूर्व जनप्रतिनिधिहरू साथमा बर्तमान जनप्रतिनिधिहरू एकै छत्र-छायामा बसी कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो।कार्यक्रमका प्रमुख आतिथ्य प्रदिप पौडेलले अब टोखा नगरपालिकामा सबै वडाहरुमा र देशमै विकासका योजनाहरु बनाउँदा अब अल्पकालीनलाई मात्र सोचेर होइन, दीर्घकालीनलाई सोचेर योजनाहरु वनाउंदै अगाडि बढ्नुपर्ने बताएका छन्। विकासका योजनाहरुमा खानेपानी, मेलम्चीको पानी,शिक्षा,स्वास्थ्य, बाटो निर्माण जस्ता विकासको कार्यहरुमा दीर्घकालीन हुनुपर्ने बताए।
उक्त कार्यक्रममा टोखा नगर प्रमुख प्रमुख प्रकाश अधिकारीले
पनि आफ्नो विचार धारणाहरु राख्ने क्रममा वडा ६ को विकास निर्माण कार्य र शिक्षा स्वास्थ्य खानेपानीमा दिगो विकासमा ध्यान पुर्याउने बताएका छन्। यसै गरी कार्यक्रमका सभापति वडा नं ६ का वडा अध्यक्ष शान्ता पौडेलले आफू अध्यक्ष भएपछि वडाको लागी दिगो विकासको लक्ष्य बोकी शिक्षा स्वास्थ्य खानेपानी बालबालिका लगायत विकास कार्यमा आफ्नो क्षमताले भ्याएसम्म दिनरात नभनी खति रहेको र खती रहने बताएका छन्। ११ वटा वडामध्ये ६ वडाका वडा अध्यक्ष एक मात्र महिला अध्यक्ष शान्ता पौडेल रहनु भएको छ। उहाँको नेतृत्व र वडा प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आएको देखेर वडा बासीहरु चकित परेको बताएका छन्। आफ्ना वडाका जनताहरुले भरपुर सुविधा पावस र कुनै दुख कष्ट नहोस् भनी आफू लागिरहेको अध्यक्ष शान्ता खनाल बताउछिन।
कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ,प्रशासकिय अधिकृत शेर बहादुर बि. सी. वडा ६ का अध्यक्ष शान्ता खनाल, वडा सदस्य तन्जु नेपाल लुइटेल, ममता सुनार वि.क, चन्द्र प्रकाश श्रेष्ठ,वलराम राउत क्षेत्री, प्राविधिकका पुजा कुमारी सिंह शाही, उमेश श्रेष्ठ लगायत ११ वडाका वडा अध्यक्षहरु,जनप्रतिनिधिहरु प्रशासनिक तथा विभिन्न तह र तप्कामा रहेका उच्च व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।


