काठमाडौं, साउन १।
काठमाडौं उपत्यकाका यात्रुहरूका लागि सुखद खबर छ। महानगर यातायात प्रालिले १२ वटा नयाँ विद्युतीय ठूला बसहरू सञ्चालनमा ल्याएको छ।
करिब एक दशकअघि, सन् २०७२ सालमा ३९ वटा डिजेल बसबाट सेवा शुरू गरेको महानगर यातायात अहिले ८९ वटा बसमार्फत उपत्यकाको चक्रपथलगायत विभिन्न रुटमा सेवा दिइरहेको छ।
महानगर यातायात प्रालिका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाका अनुसार, वातावरणमैत्री यातायाततर्फको यो महत्वपूर्ण कदमले स्वच्छ र हरित भविष्यतर्फको यात्रा शुरु गरेको संकेत गर्छ।
उनले कम्पनीको प्राथमिक सेयर (IPO) छिट्टै ल्याउने तयारी समेत भइरहेको जानकारी दिँदै सबैलाई थप सकारात्मक परिवर्तनका लागि सहयोग गर्न आग्रह गरे।
नयाँ विद्युतीय बसहरूको सञ्चालनसँगै काठमाडौंको सार्वजनिक यातायातमा अब यात्रुलाई थप सहज भएको छ।

