• TOKHA LIVE

    • २६ असार २०८२, बिहीबार १७:५८

    कीर्तिपुरमा सांगीतिक क्षेत्रमा क्रियाशिल ताल तन्त्र दाफा मुनाले नेवाः परम्परागत दर्जनौं बाजा बजाई गुरु पुर्णिमा मनाए

     

    नविना श्रेष्ठ
    असार २७ ,२०८२।

    गुरु पुर्णिमाको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै गुरुहरुलाई सम्मान गर्दै कीर्तिपुरमा सांगीतिक क्षेत्रमा क्रियाशिल ताल तन्त्र दाफा मुनाले नेवाः परम्परागत दर्जनौं बाजा बजाउँदै गुरुहरुलाई एउटै दबलिमा सम्मान गरेको थियोे । कीर्तिपुरको पांगा दोवाटोमा बाजागाजा सहित भेला भई पांगाको कीर्तिपुर सिनेप्लेक्समा कार्यक्रम गरेकाे थियोे ।ताल तन्त्र दाफा मुनाका अध्यक्ष ज्ञानी महर्जनको सभापतित्वमा उक्त कार्यक्रम गरेका थिए । बागमती प्रदेशका सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, उपमेयर शुभलक्ष्मी शाक्य सुनिता लगायत अतिथिका रुपमा सहभागी भएका थिए ।

    कार्यक्रमका संयोजक दिलिप महर्जनले गुरु सम्मान कार्यक्रमको आवश्यतताको कुरा उल्लेख गर्दै स्वागत मन्तब्य दिनु भएको थियो ।कीर्तिपुरका परम्परागत बाजा गुरुहरुलाई नेवाः परम्परा अनुसार सम्मान गरेको थियो । विभिन्न अतिथिहरुले गुरुहरुलाई सम्मान गरेका थिए ।
    धिमे, बासुरी, नायःखिं, खिं, काहां, दाफा, धाः लगायत विभिन्न परम्परागत बाजा गुरुहरुलाई सम्मान गरेको थियो । कीर्तिपुरका विभिन्न टोल टोलका बाजा गुरुहरुलाई भब्य रुपमा सम्मान गरेको हाे।

    नेपाल र चीनको तर्फवाट सगरमाथामा पुगेका पहिलो महिला पत्रकार कल्पना महर्जन, शिक्षासेवी नानि महर्जन, कलाकारहरु हिसिला महर्जन, पल्पसा डंगोल लगायतया पनि सम्मान गरेको थियो । बागमती प्रदेशका सांसद पुकार महर्जनले परम्परागत बाजा गुरुहरुले समाजमा गरेको योगदानका बारेमा चर्चा गुर्न भयो । कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, उप मेयर शुभलक्ष्मी शाक्य सुनिता लगायतले पनि गुरुहरुको योगदानका बारेमा बोल्नु भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै