• TOKHA LIVE

    • २५ असार २०८२, बुधबार १२:४०

    संसारलाई अर्पण गरिएको माया’को सन्देशसहित EON CARE अन्तर्राष्ट्रिय ब्रान्डको भव्य सुरुवात

     

    ६ जुलाई  २०२५, बेइजिङ।

    “संसारलाई अर्पण गरिएको माया” भन्ने मूल मन्त्रसहित, परम्परागत चिनियाँ औषधीय ज्ञानमा आधारित अन्तर्राष्ट्रिय हेल्थ ब्रान्ड EON CARE ले आफ्नो विश्वयात्रा बेइजिङबाट सुरु गरेको छ।

    “EON CARE” अर्थात् जसको अर्थ हो ‘शाश्वत माया र जीवनको सन्तुलित हेरचाह’, जीवनको ऊर्जा र स्वास्थ्यप्रतिको ब्रान्डको अटल समर्पण हो। विश्वका विभिन्न २० देशका ३०० भन्दा बढी विज्ञ, विद्वान, व्यवसायिक प्रतिनिधि तथा नीति–निर्माताहरुको सहभागितामा सम्पन्न उद्घाटन समारोहले पूर्वीय ज्ञान र आधुनिक विज्ञानको संगमलाई एउटा नयाँ दिशा दिएको छ। यो ब्रान्ड केवल उत्पादन होइन, भावना हो , जहाँ स्वास्थ्य, प्रेम र ममतालाई एउटै सूत्रमा गाँसिएको छ।

    बेइजिङबाट सुरुवात गरेर EON CARE ले विश्वभर स्वास्थ्य र आत्मीयताको उज्यालो फैलाउने लक्ष्य लिएको छ। आधुनिक प्रविधि र परम्परागत उपचार प्रणालीको समिश्रणमा आधारित EON CARE का उत्पादनहरूले प्रयोगकर्तालाई शरीर र आत्मासँग गहिरो सम्पर्क गराउने अनुभव प्रदान गर्नेछन्।

    ब्रान्डले चीनको राजधानीलाई सुरुवाती केन्द्र बनाउनुको कारण, यसको अन्तर्राष्ट्रिय दृष्‍टिकोण र पूर्व–पश्चिमको सेतु बन्ने महत्वाकांक्षालाई पुष्टि गर्छ। अबको यात्रामा, EON CARE ले विश्वका विभिन्न भागमा आफ्नो उपस्थिति विस्तार गर्दै, सहयोगी संस्थाहरूसँग सहकार्य गर्दै, स्वास्थ्य र माया बाँड्ने विश्वव्यापी अभियानलाई अझै मजबुत बनाउँदै जानेछ।

    जे एम ३० ग्रुपका अध्यक्ष शैलेन्द्र डंगोलले चीनको बेइजिङमा आयोजित Eon Care अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै उहाँले भन्नुभयो,- “नेपाल अब केवल सामान किन्ने देश होइन, अब हामी रोजगारी सिर्जना गर्ने, मूल्य थप्ने र समृद्धिको बाटोमा अघि बढ्ने सपना बोकेका छौं। हामी खुल्दो विश्व व्यापारको ढोका हुँदै चीनसँग गहिरो विश्वासको सम्बन्ध बनाउँदैछौं।”

    चीनलाई “अत्यन्तै भरोसायोग्य साझेदार” भनेर चिनाउँदै उहाँले जोड दिनुभयो,
    “चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्दा हामीले गुणस्तरीय उत्पादन, उत्कृष्ट प्रविधि र दिगो आपूर्ति प्रणाली पाउँछौं। तर हामी केवल सामान ल्याउन चाहँदैनौं – हामी चाहन्छौं, हाम्रा युवाहरूलाई अवसर मिलोस्, रोजगारीको ढोका खुलोस् र हाम्रो समाजमा दीर्घकालीन परिवर्तन आओस्।”

    उहाँका कुरामा केवल व्यापारिक रणनीति होइन, एक राष्ट्रिय भावना थियो । आत्मनिर्भर बन्ने र सहकार्यलाई सम्मान र अपनत्वका धागोले गाँस्ने। कार्यक्रमको अन्त्यमा अध्यक्ष डंगोलले भने, “हाम्रो चिनियाँ साथीहरूको दक्षता मात्र होइन, उनीहरूको आत्मीयता, साथ दिने भावना नै प्रशंसनीय छ। जब दुई देशबीच विश्वास हुन्छ, तब असम्भव ठानिएका सपना पनि सम्भव हुन्छन्।” अन्त्यमा, उहाँले Eon Care ब्रान्डलाई “विश्वका लागि माया” भन्ने भावनाले भरिएको यात्रामा सफलताको शुभकामना दिँदै, त्यो सम्बन्धमा नेपाली जनताको माया र आशा समेत समर्पण गर्नुभयो।

    कार्यक्रममा चीनका उद्योगपति, व्यापारी, विज्ञ, विद्वान, व्यवसायिक प्रतिनिधि तथा नीति–निर्माताहरु तथा स्वास्थ्य क्षेत्रमा संलग्न अगुवाहरूको बाक्लो उपस्थिति थियो। Eon Care कम्पनी, जसले स्वास्थ्य सेवा र औषधि उत्पादनमा काम गर्दै आएको छ, अब विश्वका थुप्रै देशमा आपूर्ति विस्तार गर्दैछ। नेपाल पनि यस कम्पनीको आपूर्ति सञ्जालमा आबद्ध हुने प्रारम्भिक तयारीमा रहेको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै