• TOKHA LIVE

    • २३ असार २०८२, सोमबार ११:४६

    सूचना प्रविधिमा टोखालाई उदाहरणीय नगरपालिका बनाउने हाम्रो अठोट हो’ – नगरप्रमुख अधिकारी

     

    टोखा, काठमाडौं असार २३/
    ‘अब सेवाको लागि कार्यालय धाउनु पर्दैन, मोबाइलमै समाधान पाइन्छ’। टोखा नगरप्रमुख प्रकाश अधिकारीको यही विश्वास र प्रतिबद्धतासँगै टोखा नगरपालिका डिजिटल युगतर्फ अघि बढेको छ।

    शुक्रबार नगरपालिकाले आयोजना गरेको अन्तिम कार्यशाला गोष्ठीमा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र नयाँ मोबाइल एप सार्वजनिक गर्दै नगरप्रमुख अधिकारीले टोखालाई देशकै उदाहरणीय डिजिटल नगर बनाउने अठोट दोहोर्‍याए।

    उनले भने, “टोखाले सूचना प्रविधिको उपयोगमार्फत अब प्रशासनिक सेवा, विपद् व्यवस्थापन र विकासका योजनामा उल्लेखनीय सुधार ल्याउनेछ। राजधानीमै भए पनि धेरैले सुरु गरेर पूर्णता दिन नसकेको इन्टिग्रेटेड सिस्टम टोखाले सफलतापूर्वक कार्यान्वयन गरेको छ।”

    ड्रोन प्रविधिबाट घर–घरको डेटा संकलन गरेर बनाइएको डिजिटल प्रोफाइल अब नगरवासीले आफ्नै घरबाट मोबाइलमार्फत सेवा लिन सक्ने ढोका खोल्नेछ। नगरवासीले गुनासा, सुझाव, वा विपद् (जस्तै आगलागी, बाढी, फोहोर व्यवस्थापन) सम्बन्धी सूचना सिधै सम्बन्धित शाखामा पठाउन सक्ने व्यवस्था गरिएको छ।

    नगर प्रमुख अधिकारीले कोभिडपछिको चुनौतीपूर्ण समय सम्झिँदै भने, “पहिलो कार्यकालमा सुरु भएको यो योजना दोस्रो कार्यकालमा पूर्णता दिन पाउनु मेरो लागि गर्वको कुरा हो। अब टोखाबासीले डिजिटल सेवा प्रणालीबाट नयाँ अनुभव प्राप्त गर्नेछन्।”

    उनले सबै जनप्रतिनिधिको सहमति, बजेटको सुनिश्चितता, कानुनी स्पष्टता र कर्मचारीको साथमा यो परियोजना सफल भएको उल्लेख गरे। “इच्छाशक्ति भएपछि केही असम्भव हुँदैन,” भन्दै उनले जनताको साथ, कर्मचारीको निष्ठा र टोलीको समर्पणलाई सफलताको मूल कुञ्जी माने।

    कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, वडाध्यक्ष रमेश लामिछाने, अन्य जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा परामर्शदाता संस्था Naxa–ConnectUs–DigiNirman JV का इन्जिनियरहरूको उपस्थिति थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै