• TOKHA LIVE

    • २१ असार २०८२, शनिबार ०८:५०

    ‘ मेरी बास्सै’ की ‘अप्सरा आमा’ कलाकार लक्ष्मी श्रेष्ठको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि

     

    काठमाडौं, असार २१ /
    लोकप्रिय हास्य टेलिशृंखला ‘मेरी बास्सै’ की ‘अप्सरा आमा’ का रूपमा दर्शकको मन जित्न सफल कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी रहेकी श्रेष्ठको शुक्रबार राति घरमै निधन भएको हो।

    श्रेष्ठलाई स्तन क्यान्सरसहितका रोगले पछिल्लो समय थलाएको थियो। चार महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएकी उनी घरमै उपचार गराइरहेकी थिइन्। दशैँयता अस्वस्थ बन्दै गएकी उनी पछिल्लो केही सातादेखि ओछ्यानमै थिइन्।

    लक्ष्मी श्रेष्ठको अन्तिम इच्छा भने सँगै काम गरेका कलाकारहरूसँग भेट्ने रहेको परिवारले जनाएको छ। उनको इच्छालाई सम्मान दिँदै कलाकार सुशीला निरौला (विमली), राजाराम पौडेल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सुरवीर पण्डित (दारी बा), रवी डंगोल( बेमान) लगायत उनका सहकर्मीहरू उनलाई भेट्न घरमै पुगेका थिए।

    लामो समयदेखि नेपाली दर्शकमाझ हास्य कलाकारको रूपमा स्थापित श्रेष्ठको निधनले नेपाली कलाक्षेत्रमा ठूलो क्षति पुगेको छ।
    उहाँको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै