• TOKHA LIVE

    • २१ असार २०८२, शनिबार ०७:३२

    तारकेश्वर नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड पदक विजयी खेलाडीहरूलाई सम्मान

     

    काठमाडौं, असार २१/
    तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र संयोजकहरूलाई सम्मान गरेको छ।

    आज टुसाल मल्टिभेन्युमा आयोजित विशेष कार्यक्रममा बैशाख ९ देखि १२ गतेसम्म चलेको उक्त प्रतियोगितामा तारकेश्वर नगरको प्रतिनिधित्व गर्दै उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

    कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जन प्रमुख अतिथि रहनुहुन्थ्यो भने उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो। दुवैजना नगर नेताले खेलाडीहरूको लगनशीलता, मेहनत र नगरको नाम उच्च बनाएको योगदानलाई खुलेर प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो गर्न हौसला दिएका थिए।

    कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समिति सदस्य, खेल संयोजक, कर्मचारी, शाखा प्रमुख तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    नगर खेलकुद संयोजक विक्रम खड्गीले सञ्चालन गर्नुभएको यस सम्मान समारोहको समन्वय शिक्षा शाखाले गरेको थियो।

    खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मबल र समर्पणको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो सम्मान कार्यक्रमले नगरभित्रको खेल भावना झनै बलियो बनाउने विश्वास गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै