– नविना श्रेष्ठ
असार २१, २०८२/नेपाल स्काउटको सदस्यता ब्याज वितरण तथा दीक्षान्त समारोह हेटौंडा–११ मा रहेको नेपालको प्रागढमा मामाघर नेपाल टी.टी.एल. स्काउट ट्रुपको सदस्यता ब्याज दीक्षान्त समारोहमा (Investiture Ceremony) गौरवका साथ सम्पन्न भएको छ। विशेष अवसरले नयाँ स्काउटहरूलाई विश्वव्यापी स्काउटिङ परिवारमा औपचारिक रूपमा स्वागत गरेको छ।
समारोहमा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका स्थानीय स्काउट कार्यलयका प्रमुख आयुक्त अनिल आचार्यको उपस्थिति रहेको थियो। उहाँको उत्प्रेरक शब्दहरूले सबै स्काउटहरूलाई स्काउटिङका मूल्यहरू अपनाउन र अनुशासन, सेवा र नेतृत्वको कार्यलाई अगाडि बढाउन प्रेरित गरेको छ।

कार्यक्रमको सभापतित्व मामाघर नेपालका सचीव नवीन सिलवालले गर्नुभएको थियो। जसले भर्खरै दीक्षित भएका स्काउटहरूलाई दरिलो साथ र प्रोत्साहन प्रदान गरे। समारोहको एक मुख्य आकर्षण स्काउट सपथ ग्रहण समेत गरेको थियो। स्काउट प्रणाम प्रतिबद्धता र नयाँ स्काउटहरूले नेपाल स्काउटका सिद्धान्तहरूप्रति आफ्नो समर्पणको प्रतिज्ञा व्यक्त गरे।

