• TOKHA LIVE

    • २१ असार २०८२, शनिबार ०५:५०

    तारकेश्वर वडा ६ मा नगर अस्पतालको शिलान्यास सम्पन्न मेयर महर्जनको आश्वासन : अस्पताल छिट्टै निर्माण सम्पन्न हुने

     

    तारकेश्वर, २१ असार । तारकेश्वर नगरपालिका वडा नम्बर ६ मा नयाँ नगर अस्पतालको शिलान्यास गरिएको छ। यो शिलान्यास पछि तारकेश्वरवासीलाई स्वास्थ्य सेवाका लागि एउटा महत्त्वपूर्ण अध्याय थपिएको छ जस्मा यहाँका स्थानीय वासीलाई  उपचारका लागि टाढासम्म जानु नपर्ला जस्तो देखिँदैछ।

    बिहीबार सम्पन्न उक्त कार्यक्रमले स्थानियवासीहरूमा स्वास्थ्यको पहुँच अझ नजिकिने आशा जगाएको छ। नगर प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, स्वास्थ्य शाखा प्रमुख विनोद, वडा नम्बर ६ का कार्यवहाक अध्यक्ष, अन्य वडाध्यक्षहरू, कर्मचारी र प्राविधिक टोलीको उपस्थितिमा यो महत्त्वपूर्ण कार्यको थालनी भयो।

    शिलान्यासपश्चात मेयर महर्जनले निर्माण कार्य छिट्टै नै सम्पन्न गरिने र आधुनिक स्वास्थ्य सेवा नगरवासीहरूकै आँगनमा ल्याइने विश्वास व्यक्त गरे। “अब कसैलाई सामान्य उपचारका लागि सहर धाउनुपर्ने अवस्था हट्नेछ,” उनले भने।

    नगरपालिकाले कार्यक्रममा सहभागी सबै अतिथि, कर्मचारी, इन्जिनियर तथा निर्माण पक्षलाई कार्यक्रम सफल बनाउन योगदान पुर्याएकोमा हार्दिक धन्यवाद प्रकट गरेको छ। तारकेश्वरको स्वास्थ्य सेवामा यो नयाँ अध्यायको सुरुवात संगै यहाँका बासिन्दाको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै