• TOKHA LIVE

    • १७ असार २०८२, मंगलवार ०७:०७

    टाेखा वडा ३ मा दुई सामुदायिक बाल क्लब गठन, बाल अधिकारप्रति प्रतिबद्धता

     

    टोखा, असार १७।
    टोखा नगरपालिका वडा नं. ३ मा बालबालिकाको सशक्त सहभागिता र सिर्जनशील अभिव्यक्तिका लागि दुई सामुदायिक बाल क्लब गठन गरिएको छ। वडा कार्यालयको सभा हलमा आयोजित विशेष भेलामा ‘नव-प्रतिभा सामुदायिक बाल क्लब’ र ‘समृद्धि सामुदायिक बाल क्लब’ नामक दुई बाल क्लब गठन गरिएको हो।

    बाल अधिकारप्रति प्रतिबद्धता जनाउँदै कार्यक्रम वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता राईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महिला सदस्य देवीमाया नेपाली, बाल कल्याण अधिकारी निर्मला रेग्मी, स्वास्थ्य चौकी इन्चार्ज सञ्जीवकुमार पटेल, वडा कर्मचारी कृष्ण सुर्खेती , सबिता श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति थियो।

    दुई टोल, दुई क्लब

    सरस्वती टोलका बालबालिकाको सक्रिय सहभागिताका आधारमा ‘बाटो वारी’ र ‘बाटो पारी’ गरी दुई छुट्टाछुट्टै समूह बनाइ क्लब गठन गरिएको हो। छलफलपछि बाल क्लबको नाम र संरचना तय गर्दै पदाधिकारी चयन गरिएको थियो।

    ‘नव-प्रतिभा सामुदायिक बाल क्लब’ का पदाधिकारी:

    अध्यक्ष: विपिन डंगोल

    उपाध्यक्ष: अल्बिना श्रेष्ठ

    सचिव: आशितोष अर्याल

    सह-सचिव: सुहाना इंगोल

    कोषाध्यक्ष: वैभव नकर्मी

    सदस्यहरू: प्रास्ना श्रेष्ठ, प्रिन्स श्रेष्ठ, प्रकृति श्रेष्ठ, रिद्दी श्रेष्ठ, रेबिना महर्जन, नमन श्रेष्ठ, प्रनिशा डंगोल, आरप्रिन्स श्रेष्ठ, रोनाल्ड श्रेष्ठ, एलेक्स डंगोल चयन भएको हो।

    ‘समृद्धि सामुदायिक बाल क्लब’ का पदाधिकारी:

    अध्यक्ष: स्मृती श्रेष्ठ

    उपाध्यक्ष: समर नेपाली

    सचिव: अमन श्रेष्ठ

    सह-सचिव: प्रकृति श्रेष्ठ

    कोषाध्यक्ष: प्रास्ना डंगोल

    सदस्यहरू: सृष्टि कुस्ले, विश्वराज श्रेष्ठ, आर्यन श्रेष्ठ, रियासा श्रेष्ठ, विजेन्द्र कुस्ले, एलिना श्रेष्ठ, प्रिन्सा डंगोल, सरोज सरद डंगोल, आयुष इंगोल, ट्वीकल श्रेष्ठ चयन भएका छन् ।

    यि दुवै क्लबका संरक्षकका रूपमा वडा सदस्य शान्ता राई, पत्रकार सानुराज डंगोल र शिक्षिका सुमिता महर्जनलाई चयन गरिएको छ। साथै, प्रत्येक महिनाको पहिलो शनिवार नियमित बैठक बस्ने निर्णय गरिएको छ।

    टोखा वडा ३ मा भएको यो पहलले बालबालिकालाई नेतृत्व, अभिव्यक्ति र सहभागिताको सशक्त मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। सामुदायिक स्तरमै बाल क्लब गठन हुनु सशक्त बाल सहभागिताको सकारात्मक अभ्यासको संकेतको रुपमा लिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै