• TOKHA LIVE

      TOKHA LIVE

    • १२ असार २०८२, बिहीबार २०:४६

    बुढानीलकण्ठ नगरपालिकाको ३ अर्ब ४५ करोडको बजेट पारित

     

    काठमाडौँ, असार १२ ।
    बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट पारित गर्दै १६औँ नगरसभा अधिवेशन सम्पन्न गरेको छ।

    नगरपालिकाको सभाहलमा असार ११ गते बसेको चौथो बैठकबाट आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य अनुमोदन गरिएको हो। यसअघि तेस्रो बैठकमा प्रस्तुत गरिएका ती विधेयकमाथि छलफल र सुझाव संकलन गरिएको थियो।

    गत वर्षको ३ अर्ब २५ करोडको तुलनामा यो वर्ष नगरको बजेट २० करोड रुपैयाँले वृद्धि भएको छ। नगरपालिकाले यो बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक कल्याणका कार्यक्रमहरूमा केन्द्रित गर्दै कार्यान्वयनमा लैजाने जनाएको छ।

    नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा नगर सभाका सदस्यहरूको सहभागितामा सम्पन्न अधिवेशनले बजेटसँगै नगरको भावी कार्यदिशा तय गरेको जनाइएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै