• TOKHA LIVE

    • १२ असार २०८२, बिहीबार २०:०६

    ललितपुर महानगरको ७ अर्ब ४७ करोडको जनमुखी बजेट सार्वजनिक

     

    काठमाडौं, असार १२ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जनजीवनमै आधारित ७ अर्ब ४७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सातौं नगर सभामार्फत प्रस्तुत गरिएको बजेट उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सभामा वाचन गरेकी हुन्।

    नगरप्रमुख चिरीबाबु महर्जनका अनुसार बजेटले २९ प्रतिशत प्रशासनिक खर्च र ६१ प्रतिशत पुँजीगत खर्चमा केन्द्रित भई विकासमुखी कार्यलाई प्राथमिकता दिएको छ। उनले शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सेवामा विशेष ध्यान दिइएको जानकारी दिए।

    महर्जनले ललितपुरको मौलिकता र सम्पदाको संरक्षणलाई अझ सुदृढ बनाउन बजेट विनियोजन गरिएको उल्लेख गर्दै, महानगरलाई हरियालीयुक्त ‘स्मार्ट सिटी’ बनाउने योजनामा पोखरी, पार्क र खुला क्षेत्रको व्यवस्थापनमा विशेष जोड दिइएको बताए।

    विशेष रूपमा लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको संरक्षण र पुनर्निर्माणलाई प्राथमिकतामा राखी यसै आर्थिक वर्षमा सबै काम सम्पन्न गर्ने लक्ष्यसहित बजेट व्यवस्था गरिएको पनि नगरप्रमुखले बताए।

    यस बजेटबाट ललितपुरवासीको जीवनस्तर उकास्ने र शहरलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै